back
CTIZAN AD

सरकारी सेवाको तयारीमा रहेका उमेद्वारहरूलाई उपसचिव ज्ञवालीको सल्लाह

वि.सं.२०७६ जेठ २२ बुधवार

1.6K 

shares

लोकसेवाको तयारीमा रहेकाहरुलाई परीक्षाको सामाना कसरी गर्ने अन्तर्वार्ताको तयारी कसरी गर्ने उपसचिव मनीराम ज्ञवालीको यस्तो छ टिप्स:

निजामति वा कुनै पनि सरकारी सेवा प्रवेशका लागि आत्मविश्वास, लगनशिलता र निरन्तरको अभ्यास जस्ता तीन कुरा अति नै आबश्यक मानिन्छ । कहिलेकाहिँ आत्मविश्वासको कमीका कारण उमेदवारहरूमा आफैँले लेखेको उत्तरमा सन्तुष्टी नहुने अवस्था श्रृजना भएको पाइन्छ । यसकाराण उनीहरू अरुले लेखेको सार्ने, हल भित्र पसेपछि जानेको हुरा पनि बिर्सने गर्छन् ।

यस्तो अवस्थाबाट पार पाउनका लागि उमेद्वारहरूमा आत्मविश्वास अपरिहार्य हुन्छ । मैले परीक्षामा सर्वाेकृष्ट अङ्क प्राप्त गर्न सक्छु भन्ने दृढता उमेद्वारमा भए सफलताले आफै खोज्दै आउँछ ।

यसैगरी आत्मविस्वास सँगै लगनसीलताले परीक्षार्थीहरूलाई सफलता तर्फ डोहोर्याई रहेको हुन्छ । योजनाबद्घ ढङ्गले पढ्ने, नजानेका वा आफूलाई कठिन लाग्ने समस्या नयाँ तरिकाले समाधानका उपाय निकाल्ने उमेद्वारले असफलता भोग्नै पर्दैन ।

लगनशिलताले उमेद्वारहरूलाई परिपक्व बनाउँछ । यही परिपक्वता नै सफलताको सङ्केत भएकोले उमेद्वारले आफ्नो उद्देश्य पुरा नहोउन्जेल सम्म निरन्तर लगनशील भएर लाग्नुपर्दछ ।

सफलताको अर्काे अपरीहार्य सुत्र निरन्तरको अभ्यास हो । उमेद्वारले आफ्नै अध्यनबाट प्राप्त गरेको, आफ्नै अभ्यासले श्रृजना गरेको ज्ञान चीरस्मरणिय हुन्छ । यसलाई मौलिक तरिकाले लेख्न र अभिव्यक्त गर्न सकिन्छ ।

यसकारण उमेद्वारहरूले सफलता प्राप्तीका लागि यी ३ वटा आत्मविश्वास, लगनशीलता र निरन्तरताको अभ्यासलाई जीवन सफलताको ‘जनै’ जस्तै ठान्नुपर्दछ । यसका लागि उमेद्वारले लक्ष किटान गरेर त्यो लक्ष प्राप्तिका लागि दृढतापूर्वक लाग्नु आबश्यक हुन्छ ।

अठोट गरौ
यदी तपाई कुनै पनि निजामती वा अन्य सरकारी परीक्षाको तयारीमा हुनुहुन्छ भने तपाइले आफू भित्रका सवल र दुर्वल पक्षको पहिल्यै पहिचान गर्नु आबश्यक हुन्छ । यसले तपाईका सवल पक्षलाई तिखार्न र दुर्वल पक्षलाई सुधार्न महत्वपूर्ण सहयोग गर्नेछ ।

यसैगरी अध्ययन सामाग्रीको सङ्कलन र तिनीहरूको नोट, टिपोट बनाउनु, तपाई जस्ता भविष्यमा सरकारी सेवा प्रवेशको तयारीमा लागेका उमेद्वारलाई अपरिहार्य जस्तै हुन्छ ।

यसवाहेक अग्रजहरूसँग परामर्श र साथीहरूसँगको सामुहिक छलफलले नपुगेको लेखन सीप तिखार्ने पक्का छ । तपाइको सफलताका लागि तपाइको अठोट र दृढ सङकल्प अनिवार्य मानीन्छ ।

परीक्षामा समस्याको सामना
जब तपाईमा आतमविश्वास, लगनसीलता र अभ्यासको कमी हुन्छ तपाई परीक्षा सँग डराउन थाल्नु हुनेछ । यस्तो हुनुको मुख्य कारण विषयवस्तुको ज्ञानको कमी हो । कहिँलेकाहीँ तपाई ओभरस्मार्ट भएर हतारमा उत्तर लेख्नुहुन्छ यसो पटक्कै नगर्नुहोस् । उत्तर लेख्दा प्रश्नहरूलाई दुई तीन पटक पढ्नुहोस् । प्रश्नभित्रका प्रश्नहरू तिनको कुल प्राप्ताङ्क बुझेर मात्रै उत्तर लेख्नुहोस् । प्रश्नप्रति तपाई सधै सकारात्मक बन्नुहोस् तयारीमा रहँदा पाठ्यक्रम बाहेक समसामयिक विषय वस्तुमा रुची राख्नुहोस् ।

पाठ्यक्रम घोक्ने भन्दा पनि आफूले अध्ययन गरेको पाठ्यक्रमको चिन्तन गर्नुहोस् अवश्य सफलताले पछ्याउने छ ।

अन्तर्वार्ताको तयारी
माथी उद्दत गरिएका ‘टिप्स’ लाई आत्मसाथ गरेपछि तपाई आफ्नो लिखीत परीक्षामा अबश्य सफल हुनुहुनेछ । त्यसपछि तपाईको लागि अर्काे महत्वपूर्ण समय आउने छ त्यो हो अन्तर्वार्ता । सामान्यतया जुनसुकै सेवा र तहको उमेद्वारका लागि अन्तर्वार्ता कौतुहल, डर र अन्यौलको विषय हो । यसकारण तपाईले आफूलाई अनुकुल वा प्रतिकुल जस्तो अवस्थामा पनि सन्तुलित राख्न सक्ने बनाउनु आबश्यक छ । यसका लागि दृढ सङकल्प आबश्यक पर्दछ ।

हरेक उमेद्वारले अन्तर्वार्र्ता कक्षमा पस्नासाथ कक्षमा रहेका सवै अन्तर्वार्ताकारमा विशेष ध्यान दृष्टि दिएर सवैलाई सम्मानका साथ अभिवादन गर्दा माहोल तपाईको पक्षमा आउन सक्छ । अन्तर्वार्ता खाली प्रश्नको उत्तर मुखले दिने काम मात्रै होइन यसमा तपाईको अनुहार, शरीर, हातगोडा पनि बोलिरहेको हुन्छन् । यसकारण शरीर र शरीरका अङ्गहरूको चालमा विशेष ध्यान दिनुहोला । चर्काे स्वरमा नबोल्नुहोला । भुई खोस्रने, आँखा झुकाउने, नाक र कान कोट्टयाउने, टाउको कन्याउने कामले तपाईको प्रस्तुतिलाई नकारात्मक असर पार्दछ । यसो कहिल्यै नगर्नुहोला ।

अन्तर्वार्र्ता दिदा अन्तर्वार्ताकारको मानसिक संवेगको खुब ख्याल गर्नुहोला । अन्त्यमा अन्र्तवार्ता सकिएपछि सवै अन्तर्वार्र्ताकारहरूलाई यथोचित अभिवादन गरी शिष्टतापूर्वक आफ्ना सवै कागजातहरू लिएर बाहिर निस्कनुहोला । यसोगरे तपाई अवस्य सफल हुनुहुनेछ ।

वि.सं.२०७६ जेठ २२ बुधवार १२:३३ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...