३० कात्तिक, चितवन । पर्साको ठोरीका स्थानीयबासिन्दाले आफूहरुको इच्छाविपरीत राज्य पुनःसंरचनमा प्रदेश नं २ मा राखेकामा आपत्ति जनाएका छन् ।
आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी ठोरी चितवन पुनःसमायोजन समितिले राज्यले आफ्ना माग नसुनेकामा चिन्ता व्यक्त गर्दै उनीहरुले आफूहरुलाई प्रदेश नं ३ मा राख्न आग्रह गरे ।
साविक ठोरी चितवन पुनःसमायोजन समितिका संयोजक प्रकाश खनालले पर्साका नेताहरु नै स्थानीयको भावनाविपरीत चलेकाले उनीहरुविरुद्ध आन्दोलन केन्द्रित गर्ने बताउनुभयो ।
ठोरीवासीले आफूहरुलाई प्रदेश नं ३ मा रहेको चितवनमा समावेश गर्न आग्रह गरिरहेका छन् । करिब एक वर्षदेखि आन्दोलित उनीले आफूको बजार, पहुँच, लवज आदि सबै चितवनसँग मिल्ने भएकाले प्रदेश नं ३ मा नै पारिदिन आग्रह गरिरहेका छन् । यो माग उनीहरुले सबै राजनीतिक दलका नेता एवम् प्रधानमन्त्री समक्ष पनि पु¥याइसकेका छन् ।
स्थानीय युवा सुदीप थापाले आफूहरुको माग नसुनिए अब आउँदै गरेका सबै निर्वाचन ठोरीले बहिस्कार गर्ने र नेतालाई गाउँ छिर्न नदिने चेतावनी दिनुभयो । ठोरी २०३४ साल अगाडि चितवन जिल्लामै रहेको थियो । रासस
वि.सं.२०७३ कात्तिक ३० मंगलवार १२:२३ मा प्रकाशित