Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

न्यायाधिशहरुले कुर्सीमा बस्ने र कागजमात्र केलाउने सोचमा परिवर्तन गर्नुपर्छ– प्रधानन्यायाधीश



sushila-karki३० कात्तिक, भद्रपुर । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पु¥याउन सके दण्डहीनताको अन्त्य हुने बताउनुभएको छ ।

सर्वोच्च अदालतद्वारा झापाको चन्द्रगढीमा आयोजित ‘महिलाको न्यायमा पहुँच र सराकारवाला निकायबीचको समन्वय’विषयको छलफल कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले न्यायालयमा पहुँच नभएका समुदाय र वर्गलाई पहुँच पु¥याउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । “न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोचलाई बदल्नुपर्छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा सर्वोच्च अदालतका सहरजिस्ट्रार ममता खनाल, जिल्ला अदालत झापाका न्यायाधीश सुदर्शन पाण्डे र महिला विकास अधिकृत इन्दिरा ओझाले ‘महिलाको न्यायमा पहुँच र यस सम्बन्धी व्यवस्था’का बारेमा आआफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रममा झापा, सुनसरी, मोरङ, धनकुटा र इलामका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, महिला विकास अधिकृत, कानुन व्यवसायी र महिला अधिकारकर्मी लगायत करिब १०० जना सहभागी छन् ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब