back
CTIZAN AD

अध्ययनमा विदेश जाने विद्यार्थीले लिनै पर्ने नो अब्जेक्सन लेटर बन्द  

वि.सं.२०७६ जेठ २८ मंगलवार

672 

shares

२८ जेठ काठमाडौं । सरकारले एसईई सकेर डिप्लोमा  अध्ययन गर्न विदेश जाने बिद्यार्थीहरुलाई दिने गरेको नो अब्जेक्सन लेटर दिन बन्द गरेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले विश्वभरिका देशहरुमा डिप्लोमा (भोकेसनल) अध्ययन साथै भाषा सिकाईका लागि अस्ट्रेलिया जापान लगायतका देशहरुमा जाने विद्यार्थीहरुका लागि सो लेटर उपलब्ध गराउँदै आएकोछ ।

सो कोर्स ECTS Credits अनुसार हुन्छ जुन नेपालको स्नातकतह प्रथम या द्वितीय सो सरह हो ।

मंगलबारबाट सो अध्ययनको लागि जाने विद्यार्थीहरुले अनिबार्य रुपमा लिनै पर्ने नो अब्जेक्सन लेटर दिन बन्द गरेपछि अध्ययनको लागि बिदेश जान तयारी गर्दै गरेका बिद्यार्थीहरुमा अन्यौलता छाएको छ ।

 

केहि महिना अगाडी अष्ट्रेलिया अध्ययनको लागि जाने बिद्यार्थीहरु समस्यामा परेका थिए । त्यसैको प्रतिफल स्वरुप सरकारले अस्ट्रेलियालाई नै केन्द्रित गरेर नो अब्जेक्सन लेटर बन्द गरेको हुन सक्ने जानकारहरुले बताएका छन ।

 

नियमावली अनुसार छात्रबृत्ति र नो अब्जेक्सन लेटर ईस्यु गर्नलाई कुनै पनि शैक्षिक कार्यक्रम बिद्यालय तह कक्षा १२ पछि एक बर्ष सम्म नेपाल सरकारले रोक्न पाउँदैन ।

नेपालको समकक्षता प्राप्त नगरेको शैक्षिक संस्थामा पढ्न गएको खण्डमा पनि स्वयं व्यक्ति नै जिम्मेवार हुनु पर्ने र त्यसमा सरकारको कुनैपनि दायीत्व नहुने प्रस्ट व्यवस्था भए पनि सरकारले हठात नो अब्जेक्सन लेटर दिन बन्द गरेको भन्दै सरोकार वालाहरुले रोष प्रकट गरेकाछन ।

सरकारले बिना जानकारी र बिनाकारण नो अब्जेक्सन लेटर दिने काम बन्द गरेकोछ । यो सरासर गलत छ स्वतन्त्र शैक्षिक परामर्श संघ (FECON) का अध्यक्ष युवराज कटवालले बताए । उनले भने “सरकारले खराब नियतका साथ यो कदम चालेकोछ । हामी यसका बिरुद्ध ससक्त रुपले प्रस्तुत हुन्छौं ।”

यसै विषयमा शिक्षामन्त्रालय नोअब्जेक्सन लेटर शाखाका महेश्वर शर्माले १२ कक्षासम्म स्कुल लेवल नै हुने भएकाले स्कुल लेवलका लागि विश्वविद्यालयमा पढ्न नपठाउने भन्दै शिक्षा मन्त्रालयले लेटर नदिन निर्देशन दिए अनुसार आफूहरुले रोकेको बताए ।

केहि महिना अगाडी अष्ट्रेलिया अध्ययनको लागि जाने बिद्यार्थीहरु समस्यामा परेका थिए । त्यसैको प्रतिफल स्वरुप सरकारले अस्ट्रेलियालाई नै केन्द्रित गरेर नो अब्जेक्सन लेटर बन्द गरेको हुन सक्ने जानकारहरुले बताएका छन् ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १५:२४ मा प्रकाशित

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार...

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र...

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष०तर्फ...

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

काठमाडौं । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...