back
CTIZAN AD

च्याउ खाएर बिरामी भएकाको अवस्था गम्भीर

वि.सं.२०७६ जेठ २९ बुधवार

525 

shares

२९ जेठ, पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ ।यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० वर्षका प्रेमसिं ठकुरी, ३० वर्षका दानमाया सिं ठकुरी, सात वर्षका सुमन सि,ं धनकुमारी सिं, निसासिं ठकुरीको आइसियु र निरुता सिंको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै ४५ वर्षीय पुरन खाम्चाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पा क्षेत्र नं–१ का सांसद दलबहादुर रानाले गृहमन्त्रालयबाट निर्णय गराइ बिरामीको निःशुल्क स्वास्थ्य उपचार सेवाको पहल भएको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुगेका सांसद रानाले मृतकलाई उचित राहत तथा बिरामी सबै स्वास्थ्योपचार सरकारले व्यहोर्ने गरी पहल अगाडि बढेको बताए ।

नजिकैको जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएका निस्दी–३ का ११ जना बिरामी मध्ये स्थानीय नौ वर्षका निर्मला ठकुरी र चार वर्षका विष्णुसिं ठकुुरीको ज्यान गएको थियो । नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

वि.सं.२०७६ जेठ २९ बुधवार १५:५८ मा प्रकाशित

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री बानियाँ

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री बानियाँ

बागमती । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका–...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा...

दोलखामा अझै सुरु हुन सकेको छैन मतदान, हराएका मतपत्र पनि सबै फेला परेन

दोलखामा अझै सुरु हुन सकेको छैन मतदान, हराएका मतपत्र पनि सबै फेला परेन

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ मा विवादका कारण रोकिएको मतदान...

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगु । छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको...

प्रतिनिधिसभा सदस्य निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा...

वालिङ नगरपालिका-१० मा रोकियो मतदान

वालिङ नगरपालिका-१० मा रोकियो मतदान

कठमाडौँ। स्याङ्जा वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा...