
३ असार, काठमाण्डौं । भट्टराईहरुको कुल पूजामा गोरखा पुगेका समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली कसरी बन्ला खै ! भन्ने प्रश्न उठाएका छन् ।
कुल पूजामा गोरखा पुगेका उनले त्यहाँको एक स्कुलमा पुगेर स–साना बालबालिकालाई भेट्दै उनीहरुसँगै भुँइमा बसेर खिचेको फोटो सामाजिक संजालमा अपडेट गरेका छन् ।
सोहि फोटोमा आफ्नो बिचार पोख्दै डा. भट्टराईले भनेका छन् ‘ सानो कटौरामा चाउचाउको झोलको खाजा खाँदै उत्तरी गोरखाको एउटा अति उपेक्षित स्कूलका यी अवोध नानीहरू ! यस्तो पाराले ‘समृद्ध नेपाल सुखी नेपाली’ कसरी बन्ला खै !’
वि.सं.२०७६ असार ३ मंगलवार ०८:१९ मा प्रकाशित






























