Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

बिरामीमध्ये असी प्रतिशत महिला



२ मङ्सिर, रोल्पा । रोल्पा जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामी पुरुषको तुलनामा महिलाको सङ्ख्या अधिक देखिएको छ ।

जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रका अलावा समयसमयमा सञ्चालन गरिने स्वास्थ्य शिविरमा समेत ८० प्रतिशतभन्दा बढी महिला बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदले जानकारी दिनुभयो ।

अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने तथा जिल्लाभित्र रहेका पुरुष पनि सरकारी स्वास्थ्य संस्थाभन्दा निजी स्वास्थ्य संस्थामा उपचार गर्ने भएका कारण पनि यो सङ्ख्या कम भएको हुन सक्ने बताइएको छ । जिल्लामा चाँडै विवाह गर्ने भएका कारण त्यसबाट देखिने समस्याका कारण महिलामा विभिन्न समस्या देखिने भएका कारण पनि महिला बिरामीको सङ्ख्या बढेको डा साउदले बताउनुभयो ।

जिल्लाका सरकारी स्वास्थ्य केन्द्रमा महिलाको पाठेघर समस्या, तल्लो पेट दुख्ने, सेतो पानी बग्नेजस्ता समस्या बढी देखिएको डा साउदले बताउनुभयो । महिलामा कामको अधिक बोझ, कम उमेरमा विवाह, पोषणयुक्त आहारको अभाव, धेरै सन्तान जन्माउने जस्ता कारणले जिल्लाका महिलालाई शारीरिक समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य निरीक्षक नोखराज पोख्रेलले जानकारी दिनुभयो । रासस


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन