back
CTIZAN AD

बिरामीमध्ये असी प्रतिशत महिला

वि.सं.२०७३ मंसिर २ बिहीवार

993 

shares

२ मङ्सिर, रोल्पा । रोल्पा जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामी पुरुषको तुलनामा महिलाको सङ्ख्या अधिक देखिएको छ ।

जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रका अलावा समयसमयमा सञ्चालन गरिने स्वास्थ्य शिविरमा समेत ८० प्रतिशतभन्दा बढी महिला बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदले जानकारी दिनुभयो ।

अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने तथा जिल्लाभित्र रहेका पुरुष पनि सरकारी स्वास्थ्य संस्थाभन्दा निजी स्वास्थ्य संस्थामा उपचार गर्ने भएका कारण पनि यो सङ्ख्या कम भएको हुन सक्ने बताइएको छ । जिल्लामा चाँडै विवाह गर्ने भएका कारण त्यसबाट देखिने समस्याका कारण महिलामा विभिन्न समस्या देखिने भएका कारण पनि महिला बिरामीको सङ्ख्या बढेको डा साउदले बताउनुभयो ।

जिल्लाका सरकारी स्वास्थ्य केन्द्रमा महिलाको पाठेघर समस्या, तल्लो पेट दुख्ने, सेतो पानी बग्नेजस्ता समस्या बढी देखिएको डा साउदले बताउनुभयो । महिलामा कामको अधिक बोझ, कम उमेरमा विवाह, पोषणयुक्त आहारको अभाव, धेरै सन्तान जन्माउने जस्ता कारणले जिल्लाका महिलालाई शारीरिक समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य निरीक्षक नोखराज पोख्रेलले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०५:०३ मा प्रकाशित

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...