back
CTIZAN AD

लुम्बिनी कपिल बस्तु दिवश (प्रबद्र्धन) अभियान इजरायलको देउसी भैलो (भिडियो सहित)

वि.सं.२०७३ मंसिर २ बिहीवार

999 

shares

लुम्बिनी कपिल बस्तु दिवश (प्रबद्र्धन) अभियान इजरायलले तिहारको बेलामा देउसी भैलो घर दैलो कार्यक्रम गरेको छ ।
ढिलो गरी समाचार प्राप्त भए अनुसार उक्त भैली खेल्ने कार्यक्रमको सुरुवात सुरज प्रताप मादेनको अपार्टमेन्टबाट गरिएको थियो भने अन्त्य सिमा तामांगको घरबाट गरिएको थियो ।
अभियानकी श्रीमति मिना बान्तवा राईको संयोजनमा आयोजना गरिएको उक्त देउसी भैलो कार्यक्रममा सहभागी हुनका लागि लिबिनिसकी पार्कमा भेटघाट तथा भेला भएको थियो । उक्त भैलो देउसी टोलिमा अभियान संयोजक स्वयं मिना बान्तवा राई, सक्रिय सहयोगीहरु भीमा नेम्हांग मुना सिवाकोटी, कविता सुरुवर सावित्री राई लमु सेर्पा र अस्मिता बनिया लगायत अन्यको पनि सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममका सहभागी हुन नसक्ने, समय दिनु नसक्ने तथा छुट्टि नपाउने सदस्य पधाधिकारीहरुले उक्त देउसीमा सम्मिलित हुन नपाए पनि सोइच्छाले देउसी भैलो कार्यक्रमलाई आफ्नो सहयोग गर्ने बताउनु भएको थियो ।
विदेशी भूमिमा कामको बढी महत्व हुने हुनाले अभियानले आफ्ना पधाधिकारीहरुलाई देउसी भैलोमा उपस्थित हुन अनिवार्य नगरेको हुनाले समय दिन नसक्ने पदाधिकारीहरुको उपस्थिति थिएन । तर, समुह सानै भएपनि बिधिपूर्वक र रमाईलो गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
देउसी भैलो कार्यक्रममा नेपाली कला संस्कृतिको सम्मान तथा पवद्र्धन गर्ने उद्धेश्यले धेरैजसो सहभागीले नेपाली सस्कृति झल्किने पोशाकमा सुसज्जित थिए ।
कार्यक्रममा अपार्टमेन्टमा बस्ने नेपालीहरु खुसियाली मानेर आफु खुसी गर्व मान्दै देउसी टिमसँगै नाचेर सहभागी हुँदै इजरायली भूमिमा आयोजना गरिएको देउसी भैलो कार्यक्रममा नेपाली गाउँघर पााखा पखेरा र चाडपर्वको झल्को मेटाइदिएको महसुस सैले गरेका थिए । अर्को रमाइलो पूजा र दक्षिणा ढिलो आएमा घरमुलीलाई घुक्र्याउने काम समेत भएको थियो । जसरी नेपालमा गीतैबाट घुक्र्याउने गरिन्छ ।
अन्तिममा घरमुलीले नेपालमा जस्तै नांगलोमा सेलरोटी, थालमा चामल, करुवा र कलसमा पानी सहित फुल राखेर दियो बालेर त्यसको वरिपरी भेटी फूल आदिले सजाएर देउसेको बीचमा राखेर कला संस्कृतिको निरन्तरता दिएका थिए ।
अन्तिममा आशिष दिएरै मात्र त्यो घर छाडेर जाने चलन रह्यो । आशिषमा बिधि बिधान अनुसार मजेत्रो अथवा ढाकाको मजेत्रोमा देउसेहरुबाट घरमुलीलाई आशिष दिई टीको लगाई पानी वा अरु कुनै चिज सानो चोखो ग्लासमा पिउनु दिएका थिए ।
आशिष दिने मुलीमा कविता सुनुवार सावित्रा राई हुनु हुन्थ्यो भने उक्त भैलो देउसी कार्यक्रममा सावित्रा सुनुवारको नृत्यकलाले सबैलाई चकित बनाको थियो सुनुवारको नाच सबैले मन पराई पटक–पटक नाच्नका लागि आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा पुर्बेली पश्चिमेली दुवै खाले गितहरुमा नृत्य गरिएको थियो ।

वि.सं.२०७३ मंसिर २ बिहीवार ०५:४४ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...