back
CTIZAN AD

तीनदलका शिर्षनेताको बैठक सम्पन्न, संविधान संशोधनको  सहमति नजिक

वि.सं.२०७३ मंसिर २ बिहीवार

798 

shares

3-dal२ मङ्सिर, काठमाडौँ, । संविधानका केही बुँदा संशोधन गर्ने विषयमा प्रमुख तीन दल सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच संविधान संशोधनका विषयमा सकारात्मक छलफल हुनाका साथै उक्त प्रस्ताव छिट्टै व्यवस्थापिका–संसद्मा दर्ता गर्ने सहमति बनेकोे छ ।

तीनै शीर्ष नेता संविधानलाई कार्यान्वयनमा लान संविधान निर्माण गर्दाका बेलामा जस्तै सहमतिका साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको महसुस तीनै शीर्ष नेताले गरेकोे र उहाँहरुबीच संशोधनका विषयमा सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा संशोधन गर्न खोजिएका विषयहरु प्रस्तुत गर्नुभएको थियो । शीर्ष नेताहरुबी प्रदेशको सीमाङ्कन, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वलगायतका विषयमा गम्भीर र सकारात्मक छलफल भएको नेता पुनले जानकारी दिनुभयो ।

सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गर्दै आएका छन् । सरकारले गएको कात्तिक महिनाभित्र संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने वचन दिएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता पुन सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०७३ मंसिर २ बिहीवार ०७:०२ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...