back
CTIZAN AD

संसदमै प्रम ओलिलाई झुठप्रसाद र देउवालाई छेरबहादुर भनेपछि …

वि.सं.२०७६ असार ८ आइतवार

903 

shares

८ असार । आजको संघीय संसदमा सांसदहरु अमर्यादित र असभ्य रुपमा उत्रिए । आइतबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सांसद उमाकान्त चौधरीले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बङ्ग्याएर ‘करप्रसाद ओली’ र ‘झुठप्रसाद ओली’ राख्दा राम्रो हुने बताए ।

सांसद चौधरीले विशेष समयमा बोल्दै ‘जथाभावी कर लगाएर करप्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारवाही हेर्दा उहाँले सँधै झुठको आश्वासन दिने र झुठको खेती गर्ने भएकाले उहाँको नाम झुठप्रसाद ओली उपनाम दिँदा फरक नपर्ने’ बताएपछि सत्तारुढ दलका सांसद झपट रावलले चौधरीको भनाइप्रति नियमापत्ती व्यक्त गरे ।

सांसद चौधरीले असम्भ भाषा बोलेको भन्दै रावलले पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई शेरबहादुर देउवा नभनेर ‘छेरबहादुर देउवा’ भन्न बाध्य भयौँ भने के हुन्छ ? भन्दै प्रतिप्रश्न गरे । उनले अमर्यादित र असभ्य भाषा प्रयोग गरिएको भन्दै सभामुखसँग त्यसलाई रेकर्डबाट हटाउन माग गरे ।

सभामुख महराले ‘विषय गम्भीर’ भन्दै आफ्नो ध्यानाकर्षण भएको र यसबारेमा निर्णय पछि गर्दछु भन्दै संसदलाई अघि बढाएका थिए ।

वि.सं.२०७६ असार ८ आइतवार २१:३० मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...