back
CTIZAN AD

सरकार र सांदबीच फेरि टकराव

वि.सं.२०७६ असार ९ सोमवार

825 

shares

९ असार, काठमाडौँ । निजामती सेवाको श्रेणीगत र तहगत प्रणालीलाई निरन्तरता दिने वा दुईमध्ये एउटा मात्रै कायम राख्ने भन्ने विषयमा सरकार र संसदीय समितिका सदस्यबीच असहमति देखिएको छ । मुलुकमा एकै प्रकारको कर्मचारी सेवा प्रणाली बनाउने विषयमा सांसदको जोड रहेकोमा सरकारले दुवै प्रणाली एकसाथ अघि बढाउने बताएपछि विवाद उत्पन्न भएको हो ।
यस प्रकरणमा पनि सरकार र सांसद बीच पुन टकराव सिर्जना भएको छ । यसै अघि लोकसेवाको विज्ञापनको विषयलाई लिएर पनि राज्यव्यवस्था सुशासन समिति र सरकार बीच टकराव उत्पन्न भएको थियो ।
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादव कोइराला दुईवटै प्रणालीलाई निरन्तरता दिनुपर्ने अडानमा छन् । तर, सांसदले भने दुईमध्ये एउटालाई त्याग्नुपर्नेमा दबाब दिएका थिए । दुवै पक्षले आ–आफ्नो अडान राखेपछि यो विषयमा कुनै निर्णय हुन सकेन । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ असार ९ सोमवार ०७:२० मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...