back
CTIZAN AD

खरिद ऐनविपरीत २० करोड बढी प्रस्ताव गर्ने कम्पनी छनोट

वि.सं.२०७६ असार ९ सोमवार

993 

shares

९ असार, काठमाडौँ । नापी विभागले नेपालको डिजिटल नक्सांकनका लागि गरेको बोलपत्र आह्वानका क्रममा न्युन दररेट प्रस्ताव गर्ने कम्पनीलाई छाडेर २० करोड बढी प्रस्ताव गर्ने कम्पनीलाई छनोट गरेको पाइएको छ ।
सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम दर रेट प्रस्तुत गर्ने कम्पनी छनौट गर्नुपर्ने प्रावधान रहेकोमा यसविपरीत विभागले ५९ करोड रूपैयाँको दर रेट पेस गरेको एभियसन– पेनस– जिओम्याटिक्स–सिड जेभी गरी चारवटा संयुक्त कम्पनीलाई छनोट गरेको हो ।
विभागले न्यून दर रेट पेस गर्ने अन्य कम्पनीलाई पाखा लगाउँदै अन्यभन्दा २० करोड रूपैयाँ बढी दर रेट पेस गर्ने कम्पनीलाई अनियमित किसिमले छनौट गरी सम्झौता कार्य अघि बढाएपछि सो प्रक्रिया विवादित बनेको छ । यस क्रममा विभागले ३९ करोडको प्रस्ताव पेस गर्ने कम्पनीलाई छाडेर ५९ करोडको प्रस्ताव पेस गर्ने कम्पनीको प्रस्तावलाई स्वीकृत गरेको हो । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ असार ९ सोमवार ०७:३२ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...