back

खरिद ऐनविपरीत २० करोड बढी प्रस्ताव गर्ने कम्पनी छनोट

वि.सं.२०७६ असार ९ सोमवार

630 

shares

९ असार, काठमाडौँ । नापी विभागले नेपालको डिजिटल नक्सांकनका लागि गरेको बोलपत्र आह्वानका क्रममा न्युन दररेट प्रस्ताव गर्ने कम्पनीलाई छाडेर २० करोड बढी प्रस्ताव गर्ने कम्पनीलाई छनोट गरेको पाइएको छ ।
सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम दर रेट प्रस्तुत गर्ने कम्पनी छनौट गर्नुपर्ने प्रावधान रहेकोमा यसविपरीत विभागले ५९ करोड रूपैयाँको दर रेट पेस गरेको एभियसन– पेनस– जिओम्याटिक्स–सिड जेभी गरी चारवटा संयुक्त कम्पनीलाई छनोट गरेको हो ।
विभागले न्यून दर रेट पेस गर्ने अन्य कम्पनीलाई पाखा लगाउँदै अन्यभन्दा २० करोड रूपैयाँ बढी दर रेट पेस गर्ने कम्पनीलाई अनियमित किसिमले छनौट गरी सम्झौता कार्य अघि बढाएपछि सो प्रक्रिया विवादित बनेको छ । यस क्रममा विभागले ३९ करोडको प्रस्ताव पेस गर्ने कम्पनीलाई छाडेर ५९ करोडको प्रस्ताव पेस गर्ने कम्पनीको प्रस्तावलाई स्वीकृत गरेको हो । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ असार ९ सोमवार ०७:३२ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...