back
CTIZAN AD

कारबम आक्रमणमा २५ को मृत्यु, सरकारी बमबारीमा २५ सर्वसाधारणको मृत्यु

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

855 

shares

३ मङ्सिर, बेरुत । सिरियाको उत्तरी प्रान्त अलेप्पोमा बिहीबार सिरियाली विद्रोहीलाई लक्ष्यगरी गरिएको एक कारबम आक्रमणमा कम्तिमा २५ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी सिरियाली विद्रोही लडाकू र सर्वसाधाराण गरी २५ व्यक्तिको मृत्यु भएको विद्रोही समूहले जानकारी दिएको छ ।

विद्रोहीसँग आवद्ध नुरेद्दिने अल जिन्की समूहका वरिष्ठ अधिकारी यासिर युसेफले एएफपी समाचार समितिलाई आजाज सहरमा भएको यो आक्रमण इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहले गर्ने गरेको प्रकृति भएको हुनाले यो आक्रमणमा पनि उनै समूहले गराएको हुनुपर्ने जनाएका छन् । आफ्नो लडाकू र सर्वसाधारण गरी २५ व्यक्तिको मृत्यु भएको युसेफले थप जानकारी दिएका छन् ।

बेलायतसँग आवद्ध मानव अधिकारवादी समूह ‘द सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’का अनुसार नुरेद्दिने अल जिन्की समूहको हतियार भण्डारण गोदामलाई लक्षित यो आक्रमणमा १० लडाकू मारिनुको साथै अन्य दर्जनाँै घाइते भएका छन् ।

त्यसैबीच प्राप्त एक अर्को समाचारअनुसार विद्रोहीको बलियो प्रभाव भएको सिरियाली सहर अलेप्पोमा सरकारआवद्ध हवाई आक्रमण र गोलाबारीमा परी कम्तीमा २५ सर्वसाधारणको मृत्यु भएको छ । ‘द सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले यो जानकारी दिएको छ ।

सिरियामा सन् २०११ को मार्चबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिवर्तन भयो । यो गृहयुद्धमा पनि अलकायदाआवद्ध आतङ्ककारी समूहलगायत इस्लामिक स्टेटको प्रभाव बढ्दै गयो ।

जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसमम २ लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ आफ्ना घरबार छोडी देशभित्र वा छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य छन् एएफपी

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:३३ मा प्रकाशित

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...