१८ असार, काठमाडौँ । १८ असार, काठमाडौँ । जनता बैंकले आज एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ ।
देशको ग्रामिणतह सम्म बैकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवाउपलब्ध गराउने उद्देश्यअनुसार शाखाविस्तारलाई निरन्तरता दिइरहेको बताइएको छ ।नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिमपाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो ।
मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुखकार्यकारी अधिकृत परशुरामकुंबर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राखेका थिए ।
त्यस्तै फिदिमशाखाको फिदिमनगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमीशाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले समुद्घाटन गरे । नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधालगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबाउपलब्ध गराइने बैंकले बताइएको छ ।
यसैबिच तनहुँको डुमेमा शाखा उद्घाटन सँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्यशिविर पनि संचालन गरिएको छ । स्त्रीतथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरिएको स्वास्थ्यशिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएकाछन् । उक्त स्वास्थ्यशिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ ।
डुमेमा शाखा खुलेसँगै जनता बैंककोशाखा संजालपूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्म शहरी तथाग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ ।
बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सनकाउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।
वि.सं.२०७६ असार १८ बुधवार १४:४१ मा प्रकाशित






























