Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

उपत्यकाका सात क्लिनिकमा सिलबन्दी



३ मङ्सिर,काठमाडौँ  । स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले काठमाडौँ र ललितपुरका बिनादर्ता सञ्चालन भएका सात क्लिनिकमा सिलबन्दी गरेको छ ।

योसँगैे अनुगमन टोलीले आजसम्म ३७ निजी क्लिनिकमा सिलबन्दी गरेको छ । टोलीले आज काठमाडौँमा २० र ललितपुरमा ११ निजी स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको थियो ।

स्वास्थ्य सेवा विभागका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वको टोलीले काठमाडाँैको कालिमाटीदेखि कलङ्कीमा रहेका क्लिनिकमध्ये सुभारम्भ डेन्टल क्लिनिक, हक मेडिकल हल, स्पार्क पोली क्लिनिक, कालिमाटी डेन्टल क्लिनिक, सिटी भ्याली डेन्टल क्लिनिकमा तालाबन्दी गरेको हो ।

सिलबन्दी गरिएका क्लिनिक बिनादर्ता सञ्चालनमा रहेका र एक क्लिनिकले नवीकरण दर्ता नगरेको पाइएको थियो ।
त्यस्तै अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ललितपुर जिल्लाको ग्वार्कोमा रहेको कङ्काली मेडिकल हल र नीरञ्जन डेन्टल क्लिनिक एन्ड ल्याबमा सिलबन्दी गरेको छ ।

टोलीले ग्लोबल हस्पिटल एन्ड एजुकेसन फाउन्डेसनले गत साउनदेखि नवीकरण नगरेकाले नवीकरणका लागि पत्र काटिएको उपसचिव खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा अनुगमनमा खटिएको टोलीको अनुगमन जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया