Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

नवनियुक्त राजदूतसँग उद्यमीहरुको आग्रह : सहजीकरणको भूमिका गरिदिनुहोस्



३ मङ्सिर, काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले नवनियुक्त नेपाली राजदूतलाई उद्योग र व्यापारका विषयमा सहजीकरणको भूमिका निर्वाह गरिदिन आग्रह गरेको छ ।

सङ्घले आज इजिप्टका लागि नवनियुक्त नेपाली राजदूत झवीन्द्र अर्याल, अस्ट्रियाका प्रकाशकुमार सुवेदी र रसियाका लागि ऋषिराम घिमिरेलाई यहाँ सम्मान गर्दा सो कुराको अवगत गराएको हो ।

कार्यक्रममा सङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले घरेलु तथा कुटीर उद्योगको स्वदेशी उत्पादनलाई त्यहाँ रहँदा बजारीकरणका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

यसअघि सङ्घले भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्याय र चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौडेलसँग पनि आग्रह गरेको थियो । नेपालको भारतसँगको व्यापार घाटा मात्र झन्डै छ खर्ब नाघिसकेको छ । वैदेशिक व्यापार घाटालाई कम गर्न कृषि र पर्यटनको विकासमा जोड दिनुपर्ने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो । नेपालबाट कृषि, पशुपछी र हस्तकलाका सामान निर्यात हँुदै आएको छ ।

कार्यक्रममा नवनियुक्त राजदूतले उक्त मुलुकमा रहँदा स्वदेशी उत्पादनको बजार प्रवद्र्धनका लागि आफूले सक्दो सहयोग गर्ने वचन व्यक्त गर्नुभएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया