back
CTIZAN AD

नवनियुक्त राजदूतसँग उद्यमीहरुको आग्रह : सहजीकरणको भूमिका गरिदिनुहोस्

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

945 

shares

३ मङ्सिर, काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले नवनियुक्त नेपाली राजदूतलाई उद्योग र व्यापारका विषयमा सहजीकरणको भूमिका निर्वाह गरिदिन आग्रह गरेको छ ।

सङ्घले आज इजिप्टका लागि नवनियुक्त नेपाली राजदूत झवीन्द्र अर्याल, अस्ट्रियाका प्रकाशकुमार सुवेदी र रसियाका लागि ऋषिराम घिमिरेलाई यहाँ सम्मान गर्दा सो कुराको अवगत गराएको हो ।

कार्यक्रममा सङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले घरेलु तथा कुटीर उद्योगको स्वदेशी उत्पादनलाई त्यहाँ रहँदा बजारीकरणका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

यसअघि सङ्घले भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्याय र चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौडेलसँग पनि आग्रह गरेको थियो । नेपालको भारतसँगको व्यापार घाटा मात्र झन्डै छ खर्ब नाघिसकेको छ । वैदेशिक व्यापार घाटालाई कम गर्न कृषि र पर्यटनको विकासमा जोड दिनुपर्ने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो । नेपालबाट कृषि, पशुपछी र हस्तकलाका सामान निर्यात हँुदै आएको छ ।

कार्यक्रममा नवनियुक्त राजदूतले उक्त मुलुकमा रहँदा स्वदेशी उत्पादनको बजार प्रवद्र्धनका लागि आफूले सक्दो सहयोग गर्ने वचन व्यक्त गर्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १४:२१ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...