back

एनआरएनए अष्ट्रियाका अध्यक्ष कुवँरद्धारा आइसिसि सदस्यमा उम्मेदवारी

वि.सं.२०७६ असार २७ शुक्रवार

162 

shares
RBB AD
NTC AD

१२ जुलाई, अष्ट्रिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाका अध्यक्ष जीवन जंग कुँवरले एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य (आइसिसि सदस्य) मा उम्मेदवारी घोषणा गरेका छन् ।

कुँवरले सामाजिक संजाल फेसबुकमा आफूले आइसिसि सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

सन् २००५ देखि एनआरएनए अष्ट्रियामा प्रवेश गरेपछि सामाजिक कार्यमा सक्रिय हुँदै आएको बताएका कुँवरले यहि अनुभवका आधारमा एनसिसि र आइसिसिबीच पूलको रुपमा भूमिका राम्रोसँग निभाउन सक्ने विश्वासका साथ उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

जुलाई २१ मा हुन लागेको अष्ट्रियाको अधिबेशनमा कुँवरले २०१९–०२१ का लागि आइसिसि सदस्यमा उम्मेदवारी दिएको बताउँदै आफ्नो अमूल्य मत दिएर सहयोग गर्ने विश्वासका साथ सबैमाझ अनुरोध गरेका छन् ।

यस्तो छ कुँवरको अनुरोध
सपुर्ण अस्ट्रियाबासी नेपाली बुबाआमा दाजुभाई तथा दिदीबहिनीहरुमा म जीवन जंग कुँवरको नमस्कार ।
सन २००५ मा अस्ट्रिया प्रवेश गरे लगतै आफ्नो सामाजिक सेवालाई प्रमुख धर्म ठान्दै सदैव सामाजिक कार्यमा सक्रिय हुँदै गैरआवासीय नेपाली संघ अष्ट्रियाको बर्तमान कार्यकालको नेतृत्व सहित ३ कार्यकाल सामाजिक सेवा गर्ने मौका अस्ट्रियावासी नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुबाट पाए । यसका लागि म फेरि पनि कृतज्ञता ब्यक्त गर्न चहान्छु ।

बर्तमान कमिटीले आफ्नो कार्यकालमा महिला, पुरुष तथा बालबालिका साथै नेपाल र नेपालीका हितका लागि धेरै नयाँ नयाँ कार्यक्रम गरेक कुरा यहीँहरुलाई अबगत नै छ । नेतृत्व कार्यकालमा मैले दुईपटक गैरआवासीय नेपाली संघको युरोपियन क्षेत्रीय बैठकमा अष्ट्रियाबाट धेरै सहभागीहरुको नेतृत्व गर्दै भाग लिने अबसर मिल्यो यसै क्रममा संघका अग्रज,अभियन्ताहरु सँग चीनजान र धेरै कुरा सिक्ने मौका तथा बैठकमा गैरआवासीय नेपाली संघ अष्ट्रियाले गरेका कार्य विवरण होस् वा समस्या राख्न पाए । हरेक महिना जसो हुने संघ युरोपियन क्षेत्रीय स्काईपि बैठकमा सहभागीता भइ गैरआवासीय नेपाली संघ अष्ट्रियाले गरेका कार्य तथा गैरआवासीय नेपाली संघले गरेका राम्रो कार्यको स्वागत तथा केही चित नबुझ्ने कार्यमा असहमतिका आवाज बारम्बार उठाईनै रहे ।

आफ्ना यिनै अनुभवहरुबाट आगामी दिनमा एन.सि.सि.र आई सि सि को बिच पुलको रुपमा खेल्नु पर्ने भुमिका राम्रो सग निभाउन सक्छु भन्ने पुर्ण बिश्वासका साथ यहि २१ जुलाईमा हुन गैईरहेको गैरआवासीय नेपाली संघ अस्ट्रियाको २०१९–२०२१ का लागि अन्तर्रा्ष्ट्रिय समन्वय परिषद सदस्यका उम्मेदवारी दिएको जानकारी गराउदै यहाँहरुको अमुल्य मत दिई बिजय गराउनु हुन्छ भन्ने पुर्ण बिश्वास लिएको छु ।’
जीवन जंग कुँवर

Candidate for -NRNA-ICC Member

-NRNA AUSTRIA 2019-2021

(उम्मेदवार–अन्तराष्ट्रिय समन्वय परिषद सदस्य)

 

वि.सं.२०७६ असार २७ शुक्रवार १५:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...