back
CTIZAN AD

पूर्व र मध्य क्षेत्रमा भारि वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

वि.सं.२०७६ असार २९ आइतवार

1.1K 

shares

२९ असार । आज पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना रहेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको बुलेटिनमा पूर्व र मध्य क्षेत्रका पहाडि भूभागमा पहिरो जान सक्ने बताइएको छ । तराइमा पनि सामान्य पानिको वहाव रहि रहने जनाइएको छ । मनसुन सक्रियै रहने हुँदा अझै पनि सामान्य सतर्कता अपनाउनुपर्ने उल्लेख छ ।

मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभागमा अवस्थित छ जसको कारण मनसुनि गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर गैरहेको पनि जनाइएको छ ।

आउँदो ३ दिन पूर्व र मध्य क्षेत्रका पहाडि क्षेत्रमै बढी सम्भावना रहेको महाशाखाको अनुमान छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३-२९, बिहान: ६ बजे)

 मौसम विश्लेषण (Meteorological Analysis):

मनसुन न्यून चापिय रेखा (Monsoon Trough)  नेपालको तराई भू-भागमा अवस्थित छ जसको कारण  मनसुनि गतिविधि सामान्य सक्रिय( Active) रहने देखिए पनि विस्तारै कमजोर भएर जादै छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

 हाल देशका पुर्वि र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा (Monsoon Rainfall) जारी रहेको छ।

 आगामि तीन दिनको मौसम पूर्वानुमान (Three days weather forecast): 

असार २९ गते (आईतबार)

दिउँसो: देशभर सामान्य देखि पुर्ण वदलि रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। 

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।  

असार ३० गते (सोमबार)

दिउँसो: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि  मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। 

 राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।  

 असार ३१ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। 

 राति: देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पुर्व र मध्य क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू-भागको एक – दुई स्थानहरूमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ।  । यसको कारणले गर्दा पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने देखिन्छ भने तराइमा सामान्य पानिको वहाव रहि रहन्छ। अझै पनि सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ। 

वि.सं.२०७६ असार २९ आइतवार ०८:४२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...