
२९ असार । आज पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना रहेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विहान ६ बजे जारी गरेको बुलेटिनमा पूर्व र मध्य क्षेत्रका पहाडि भूभागमा पहिरो जान सक्ने बताइएको छ । तराइमा पनि सामान्य पानिको वहाव रहि रहने जनाइएको छ । मनसुन सक्रियै रहने हुँदा अझै पनि सामान्य सतर्कता अपनाउनुपर्ने उल्लेख छ ।
मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभागमा अवस्थित छ जसको कारण मनसुनि गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर गैरहेको पनि जनाइएको छ ।
आउँदो ३ दिन पूर्व र मध्य क्षेत्रका पहाडि क्षेत्रमै बढी सम्भावना रहेको महाशाखाको अनुमान छ ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३-२९, बिहान: ६ बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुन न्यून चापिय रेखा (Monsoon Trough) नेपालको तराई भू-भागमा अवस्थित छ जसको कारण मनसुनि गतिविधि सामान्य सक्रिय( Active) रहने देखिए पनि विस्तारै कमजोर भएर जादै छ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशका पुर्वि र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा (Monsoon Rainfall) जारी रहेको छ।
आगामि तीन दिनको मौसम पूर्वानुमान (Three days weather forecast):
असार २९ गते (आईतबार)
दिउँसो: देशभर सामान्य देखि पुर्ण वदलि रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
असार ३० गते (सोमबार)
दिउँसो: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
असार ३१ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पुर्व र मध्य क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू-भागको एक – दुई स्थानहरूमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। । यसको कारणले गर्दा पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने देखिन्छ भने तराइमा सामान्य पानिको वहाव रहि रहन्छ। अझै पनि सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।