Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

विभिन्न स्थानमा धनमाल चोरी




२ साउन , काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा चोरी भएको छ ।

तारकेश्ववर नगरपालिका–११ मनमैंजु डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–७ घर भएकी ३६ वर्षीया नानी मैया सार्कीको कोठाबाट नगद १० हजार रुपैयाँ र सुनकागरगहना समेत गरी करिब १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–३ बसुन्धारा डेरा गरी बस्ने काभ्रे रोशीगाउँपालिका– ४ घर भएका बिदुर रायमाझीको कोठाबाट नगद ६० हजार रुपैयाँ र सुनका गरगहना समेत गरी करिब १लाख ८० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

त्यस्तै ललितपुर महालक्ष्मी नगरपालिका–३ बोझे पोखरी बस्ने रवि विष्टको घरबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान समेत गरी करिब २ लाख २३ हजार रुपैयाँ बरावरको धनमाल बुधबार दिउँसो चोरी भएको हो ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको स्थानीय प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम