back
CTIZAN AD

विभिन्न स्थानमा धनमाल चोरी

वि.सं.२०७६ साउन २ बिहीवार

792 

shares


२ साउन , काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा चोरी भएको छ ।

तारकेश्ववर नगरपालिका–११ मनमैंजु डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–७ घर भएकी ३६ वर्षीया नानी मैया सार्कीको कोठाबाट नगद १० हजार रुपैयाँ र सुनकागरगहना समेत गरी करिब १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–३ बसुन्धारा डेरा गरी बस्ने काभ्रे रोशीगाउँपालिका– ४ घर भएका बिदुर रायमाझीको कोठाबाट नगद ६० हजार रुपैयाँ र सुनका गरगहना समेत गरी करिब १लाख ८० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

त्यस्तै ललितपुर महालक्ष्मी नगरपालिका–३ बोझे पोखरी बस्ने रवि विष्टको घरबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान समेत गरी करिब २ लाख २३ हजार रुपैयाँ बरावरको धनमाल बुधबार दिउँसो चोरी भएको हो ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको स्थानीय प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २ बिहीवार १३:३४ मा प्रकाशित

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...