२ साउन , कैलाली । कैलालीमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– १ सुख्खडस्थित सडकमा से.७ प १३४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–४ बस्ने २६ वर्षीय अशोक चौधरीको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका चालक घोडाघोडी नगरपालिका–४ बस्ने ३० वर्षीय प्रेम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।