२ साउन, काठमाडौं । युरोप पठाईदिन्छु भनी ठगाी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
आकर्षक तलव हुने वर्किङ भिषामा युरोप पठाइदिन्छु भनि विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका धापासी बस्ने चितवन रत्ननगर नगरपालिका-४ देवौली घर भएका ३१ वर्षीय नबिन कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुसँग विभिन्न मितिमा करिब ५१ लाख ५० हजार रुपैयाँ लिई काठमाडौं हुँदै भारतसम्म पुर्यारई अलपत्र पारी सम्पर्कविहिन भई फरार रहेकोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका–६ स्थितबाट फेला पारी पक्राउ गरेको हो ।
चौधरीलाई आबश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।