Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

दृष्टिविहीनहरुको भोगाईका कहानी



काठमाडौँ । “लौन मलाई पिसाबले च्याप्यो, नजिक कतै चर्पी होला ?” चर्पी कहाँकहाँ छन्, मलाई के थाहा, जाउन भाइ जुन स्थानमा बढी दुर्गन्ध आउँछ, त्यहीँ नै होला नी चर्पी !

दृष्टिविहीन राम ऐरले दैनिकजसो भोगिरहनुभएको पीडा यसरी सुनाउनुभयो । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा समाजशास्त्र/मानवशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत मेधावी छात्र ऐरले एक कार्यक्रममा भन्नुभयो, “सवलाङ्गले सहयोग नगरेपछि साथीलाई फोन गरी बोलाएँ, उसको सहायताले पिसाब फेरेँ ।”

‘चर्पी र काम’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व चर्पी दिवस मनाइयो । ‘गुठी, एक्सन एड र गवाली’ नामक संस्थाद्वारा आयोजित कार्यक्रमका सहभागी दृष्टिविहीनले उपत्यकाभित्र रहेका सार्वजनिक शौचालय अपाङ्गमैत्री नभएको गुनासो सामूहिक रुपमा राखे ।

काठमाडौँ महानगरपालिकाका अनुसार महानगरभित्र ८४ वटा सार्वजनिक शौचालय रहेका छन् । यस्ता शौचालयलाई सरसफाइ एवम् मर्मत गर्न उसले रु दुई करोडसमेत विनियोजन गरेको छ ।

“ती शौचालय कहाँकहाँ छन्, शौचालय आउन लागेको जानकारीसमेत हामीलाई हुन्न” कैलालीबाट उच्च शिक्षाका लागि उपत्यकामा बसोबास गर्दै गरेका ऐरले भन्नुभयो । दृष्टिविहीन छात्रा तुलसा लामाले पिसाब च्यापेर हिँड्नुपर्छ, कि घरमा कि कलेजमा फेर्नुपर्छ । सार्वजनिक शौचालयमा फेरुँला भनेर सोच्न पनि सकिन्न । नयाँ बानेश्वरस्थित एक निजी कलेजमा लैङ्गिक (जेन्डर) विषयमा स्नातकोत्तर तहको पहिलो वर्षमा अध्ययनरत छात्रा लामाले भन्नुभयो, “म साथीको सहायताले सहिदगेटभन्दा अगाडिको सार्वजनिक शौचालयभित्र छिरेँ, भित्र पसेको त चिप्लिएर झन्डै लडेँ, पिसाब नफेरिकन निस्केँ, दुई घन्टापछि घरमा नै पुगी फेरेँ ।”

अर्काेतर्फ दृष्टिविहीनको हकहितमा स्थापित अन्धकल्याण सङ्घको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा रहेका भवनको शौचालयसमेत दृष्टिविहीनमैत्री छैन । चाबहिलको एक रोधीघरमा बाद्यवादन गर्दै जीवन गुजारीरहेका लक्ष्मीश्वर महतोले सङ्घको भवनमा रहेको शौचालयमा सिँढी सिँढी भएका कारण आफू पटक–पटक लडेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सवलाङ्गमा शौचालय अपाङ्मैत्री बनाउनुपर्छ भन्ने भावना छैन, हामीलाई कसरी सहयोग पुग्छ ।” अर्काेतर्फ उपत्यकामा रहेका सार्वजनिक शौचालयमा गरिएको अध्ययनकाअनुसार यस्ता शौचालयमा ४१ प्रतिशतमा पानी नै हुँदैन । सरकारले सन् २०१७ को अन्त्यसम्म सबैका लागि स्वच्छ खानेपानी र सरसफाइ पु¥याउने घोषणा गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार ७४ प्रतिशत जनता मात्र खानेपानी तथा सरसफाइको पहुँचमा रहेका छन् ।

वाटर एडका वरिष्ठ कार्यक्रम अधिकृत शिखा श्रेष्ठले अहिले पनि १० जनामा तीनजना त खुला क्षेत्रमा नै दिसापिसाब गर्न बाध्य भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडाँै उपत्यकाका सार्वजनिक शौचालयलाई अपाङ्गमैत्री बनाउन विशेष ध्यान दिनुपर्छ ।”

गुठीका कार्यक्रम व्यवस्थापक प्रकाश अमात्यले उपत्यकाभित्र रहेका सार्वजनिक शौचालयको अवस्थालाई सुधार ल्याउन महानगरपालिकाले समय दिन नसकेको र भएका शौचालय पनि अपाङ्गमैत्री नभएको बताउनुभयो ।

गवाली संस्थाका कार्यक्रम अधिकृत विमला गुरुङले शौचालयको अभावको असर उत्पादन क्षेत्रमा समेत परेको बताउनुभयो । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब