back
CTIZAN AD

राष्ट्र बचाउने जिम्मेवारी काँग्रेसको काँधमा–महामन्त्री डा कोइराला

वि.सं.२०७३ मंसिर ४ शनिवार

1.1K 

shares

४ मङ्सिर,पोखरा  । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र बचाउने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज यहाँ आयोजित ‘नयाँ संविधान संशोधनका वर्तमान र त्यससँग सम्बन्धित चुनौती’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै उहाँले प्रमुख तीन दलले असन्तुष्ट मधेसी मोर्चालाई पनि संविधान संशोधनमार्फत विश्वासमा लिएर तीनवटै निर्वाचन सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनमा अग्रसर हुनु वर्तमानको प्रमुख आवश्यकता भएकामा जोड दिनुभयो ।

“काँग्रेस एकताबद्ध हुन सकेमात्र देशमा आइपर्ने चुनौतीको सामना गर्न सकिन्छ”, उहाँले भन्नुभयो–“२०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन नभए संविधान हराएर जान्छ ।”

उहाँले नेपाली काँग्रेस गुट उपगुटमा रुमलिएमा सबै तहका निर्वाचन काँग्रेसका लागि अत्यन्तै जटिल बन्नेतर्फ गम्भीर बन्नु आवश्यक भएको बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदार नरसिंह केसीले देश अहिले जटिल अवस्थामा रहेको उल्लेख गर्दै मधेसी मोर्चालाई पनि समेटेर अघि बढ्नुपर्ने काँग्रेसको बाध्यता एवम् जिम्मेवारी भएको धारणा राख्नुभयो ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कुलचन्द्र वाग्लेले संविधान कार्यान्वयनको अहिलेको चुनौती सामना गर्न काँग्रेस गुट उपगुटबाट माथि उठ्न आवश्यक भएको बताउनुभयो ।

सांसदद्वय शारदा पौडेल र विन्दा रानाले संविधान कार्यान्वयनको चुनौतीलाई काँग्रेसले अवसरका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

बुद्धिजीवि डा विपिन अधिकारीले नयाँ संविधान संशोधनका वर्तमान र त्यससँग सम्बन्धित चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै मधेसी मोर्चाको मागअनुसार संविधान संशोधनको विषय चुनौतीपूर्ण भएको बताउनुभयो ।

समाजका केन्द्रीय महासचिव तथा गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक गोकर्ण अर्यालले देश अहिले पनि सङ्क्रमणकालमा रहेकाले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि समाज पहरेदारका रुपमा रहने विचार व्यक्त गर्नुभयो ।

समाजका जिल्ला अध्यक्ष डा गिरधारी शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजनीतिक विश्लेषक देवराज चालिसे, नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष किशोरदत्त बराल, नेपाली काँग्रेस कास्कीका उपाध्यक्ष हरि आचार्यलगायतले संविधानको कार्यान्वयनका लागि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक रहेकामा जोड दिनुभयो ।

सो अवसरमा महामन्त्री डा कोइरालाले समाजद्वारा प्रकाशित विचार प्रवाह पाँचौँ अङ्कको लोकार्पण गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ४ शनिवार १४:४५ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...