back
CTIZAN AD

साविककै संरचनामा निर्वाचन गराउनुपर्नेमा नेता महतको जोड 

वि.सं.२०७३ मंसिर ४ शनिवार

1K 

shares

४ मङ्सिर,भैरहवा  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले तत्कालका लागि सङ्घीय संरचनामा फेरबदल नगरी साविककै संरचनामा निर्वाचन गराउनुपर्नेमा जोड दिनुभएको छ ।

जेसिआइ सिद्धार्थ नेपाल र जेसीआइ सिद्धार्थ लेडीले संयुक्तरुपमा आज भैरहवामा आयोजना गरेको विचार गोष्ठीमा पूर्वअर्थमन्त्री समेत रहनुभएका नेता महतले वर्तमान संरचनामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

“यही संरचनामा निर्वाचन नगरी पुनःसंरचनातर्फ गए त्यसले अरु एक/दुई वर्ष सङ्क्रमणकाल लम्ब्याउने भएकाले तत्काल यही संरचनामा स्थानीय निर्वाचन गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो ।

अहिलेको समय आर्थिक उपार्जनमा जोडिने बेला भएकाले संविधानको कार्यान्वयन गर्दै शान्ति र समृद्धि कायम गर्न युवाको भूमिका अहम रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरे, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललगायतले जसरी संविधान ल्याउन युवाले दबाब सृजना गरे त्यसरी नै यसको कार्यान्वयमा पनि दबाब दिनुपर्नेमा जोड दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ४ शनिवार १४:४७ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...