back
CTIZAN AD

सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउ : उपराष्ट्रपति पुन

वि.सं.२०७३ मंसिर ४ शनिवार

981 

shares

nandapun1

 ४ मङ्सिर,ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउन सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्नुभएको छ ।

बौद्धविहार सङ्घको ४१औँ वार्षिक साधारणसभाको उपलक्ष्यमा आज यहाँ सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भूकम्प गएको डेढ वर्ष भइसकेकाले पुनःनिर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

संविधानले प्रत्याभूत गरेको धर्म निरपेक्षता यो दशकको उपलब्धि भएको उहाँले बताउनुभयो । “नयाँ संविधानले आफ्नो धर्म संस्कृतिको संवद्र्धन गर्ने अधिकार सबै नागरिकलाई दिएको छ,” उहाँले भन्नुभयो, “सबै नागरिकले एकअर्काको धर्म/संस्कृतिको पहिचान स्वीकार र सम्मान गर्न खाँचो छ ।”

बौद्ध विहार नेपालको मात्रै नभएर विश्वको नै सम्पदा भएको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “गौतमबुद्ध नेपालमा नै जन्मनु र यस्ता विहार नेपालमा हुनु हामी सबैको गर्वको विषय हो ।” गौतमबुद्धले प्रतिपादित गरेको सिद्धान्त अवलम्बन गर्दा नेपालीले स्थायी शान्ति खोज्न अरु ठाउँमा जानु नपर्ने उहाँले बताउनुभयो ।

बौद्ध विहार सङ्घका अध्यक्ष पुष्परत्न शाक्यले विहारको संरक्षण र संवद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “सुरक्षाको अभावमा कतिपय वस्तु हराएका छन्,” उहाँले भन्नुभयो, “हराइसकेपछि त्यसलाई म्युजियममा राख्ने मात्रै नभई त्यसलाई संरक्षण र संवद्र्धनमा सरकारले चासो दिनुपर्छ ।” रासस

वि.सं.२०७३ मंसिर ४ शनिवार १४:५१ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...