back
CTIZAN AD

प्रमले साउदी अरबको रियादमा अलपत्र परेका युवाको गुनासो सुनेपछि ….

वि.सं.२०७३ मंसिर ४ शनिवार

1K 

shares

prachanda

४ मङ्सिर,काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन मेनपावर कम्पनीलाई निर्देशन दिनुभएको छ ।

वैदेशिक रोजगारीमा गएका युवा अलपत्र परेको खबर बारम्बार आउने गरेको भन्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा काम गर्ने कम्पनीप्रति सरकार थप संवेदनशील भएर लाग्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा अलपत्र परेका युवाको गुनासो सुनेपछि उहाँले आफ्ना नागरिकको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै विदेशमा रहेका नेपालीप्रति संवेदनशील भएर काम गरिरहेको उल्लेख गर्दै सरकारले विदेशको जेलमा भएका, मृत्युदण्डको फैसला गरिएका, विदेशमा मृत्यु भएका र अलपत्र परेका नेपालीको उद्धार र राहतका लागि विशेष प्रयत्न गरिरहेको बताउनुभयो ।

साउदीको रियादमा अलपत्र परेका पाँच युवाको प्रधानमन्त्री कार्यालयले उद्धार गरेपछि नेपाल फर्केका पाँचजना युवाले आज प्रधानमन्त्री दाहालसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेका हुन् ।

श्रावण ३ गते त्रिभूवनबस्ती–८, कञ्चनपुरका ३० वर्षीय धनबहादुर मिजार, रामपुर–२, उदयपुरका ३७ वर्षीय राजकुमार विक, कोल्हुवा–२, नवलपरासीका ३३ वर्षीय धनबहादुर मगर, गोरखा नगरपालिका–९, गोरखाका ३८ वर्षीय यामबहादुर विक र बौद्ध, काठमाडौँका ३२ वर्षीय अनुप शेर्पालाई प्रधानमन्त्री कार्यालयको विशेष पहलमा मङ्सिर ३ गते नेपाल ल्याइएको थियो ।

प्रधानमन्त्री कार्यालयमा भेट गरी उद्धार गरिएका युवाले आफूलाई उद्धार गरिएको भन्दै नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

उद्धार गरिएका मिजारले आफ्नो विदेशको दःुख सुनाउँदै प्रधानमन्त्रीसँग भन्नुभयो, “हामी गएको कम्पनी अवैधानिक रहेछ, दिनदिनै प्रहरीले छापा माथ्र्यो, त्यो बेला हामी कम्पनी छोडेर भाग्नुपथ्र्यो, खाना खाँदाखाँदै, सुतेको बेला पनि हामी कैयौँपटक भाग्यौँ ।”

“प्रहरी आएपछि लुक्नुपर्ने र अरु बेला चोरीको ढुङ्गाको काम गर्नुपर्ने रहेछ”– आफ्नो पीडा सुनाउँदै मिजारले थप्नुभयो । उहाँले मेनपावर र कम्पनीले कुनै वास्ता नगरी उल्टै धम्की दिन थालेपछि आफूहरुले प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेको बताउनुभयो ।

उहाँहरु जनही रु ९० हजारदेखि रु एक लाख २५ हजारसम्म खर्च गरेर महाराजगन्जको आयुष ओभरसिज सर्भिसबाट वैदेशिक रोजगारीका लागि साउदीको रियाद पुगेका थिए । रासस

वि.सं.२०७३ मंसिर ४ शनिवार १४:५५ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...