back

अफिनको अध्यक्षमा पुनः वसन्त चौधरी

वि.सं.२०७३ मंसिर ४ शनिवार

813 

shares

४ मङ्सिर,काठमाडौँ  । निजी अस्पताल सञ्चालकको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को अध्यक्षमा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरी पुनः चयन हुनुभएको छ ।

हिजो र आज काठमाडौँमा भएकोे अफिनको १९औँ साधारणसभाले अल्का अस्पतालका अध्यक्ष कुमार थापालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ भने केन्द्रीय उपाध्यक्षमा आशा अस्पताल चितवनका नारायणसिंह कँुवरलाई निर्वाचित गरेको छ ।

क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलमा लाइफगार्ड अस्पतालका डा कैलाशकुमार श्रेष्ठ, मध्यमाञ्चलमा नारायणी सामुदायिक अस्पतालका पुष्पराज शर्मा, पश्चिमाञ्चलमा पद्मा नर्सिङ होमका नरेन्द्र बास्तोला चयन हुनुभएको छ भने मध्यपश्चिमाञ्चलबाट राप्ती लाइफकेयर अस्पतालका हरिप्रसाद रिजाल र सुदूरपश्चिमाञ्चलको पद्मा अस्पतालबाट गजेन्द्रवीर चन्दलाई निर्वाचित गरिएको छ ।

अफिनको महासचिवमा सुमेरु अस्पतालका हेमराज दाहाल, सचिवमा विजयपुर अस्पतालका पङ्कज खतिवडा र कोषाध्यक्षमा नेपाल क्यान्सर अस्पतालका स्वरुपा श्रेष्ठ निर्वाचित हुनुभएको अफिनले जनाएको छ ।

राजकुमार थापा (रिदम न्युरोसाइकियाट्रिक अस्पताल), गोपीकृष्ण न्यौपाने (स्तूपा स्वास्थ्य सेवा सहकारी), लोकबहादुर टन्डन (ग्रिनसिटी अस्पताल), कैलाश खड्का (वेलकेयर अस्पताल), भरतराज रेग्मी (चितवन एभरेस्ट अस्पताल) र यमबहादुर दर्लामी (सर्वाङ्ग अस्पताल) भने सदस्यमा निर्वाचित हुनुभएको छ ।

साधारणसभाले क्षेत्रीय सदस्यमा पूर्वाञ्चलमा राजेशप्रसाद विष्ट (विराट आँखा अस्पताल), मध्यमाञ्चलमा ओमप्रकाश दवाडी (चितवन ओम अस्पताल), पश्चिमाञ्चलमा गोविन्द खनाल (मेडिटेक अस्पताल), मध्यपश्चिमाञ्चलमा चन्द्रबहादुर महतो (कौशल्या मेमोरियल अस्पताल) र सुदूरपश्चिममा विष्णुप्रसाद सापकोटा (घोडाघोडी अस्पताल) लाई चयन गरेको छ ।

यसैबीच, अफिनको भवन निर्माणका लागि नवनिर्वाचित अध्यक्ष चौधरीले नर्भिक अस्पताल र सदस्य लोकबहादुर टन्डनले ग्रिनसिटी अस्पतालको तर्फबाट रु २१÷२१ लाखको सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्ष कुमार थापाले अल्का अस्पतालको तर्फबाट रु ११ लाख, महासचिव दाहालले वार्षिक रुपमा स्वास्थ्य महोत्सव गर्ने, सदस्य कैलाश खड्काले वेलकेयर अस्पतालका तर्फबाट रु पाँच लाख, गोपी न्यौपानेले व्यक्तिगत रुपमा रु दुई लाख, उपाध्यक्ष नारायणसिंह कुँवरले आशा अस्पतालबाट रु पाँच लाख दिने घोषणा गर्नुभएको छ ।

यसैगरी, कोषाध्यक्ष श्रेष्ठले नेपाल क्यान्सर अस्पतालका तर्फबाट रु तीन लाख, सचिव खतिवडाले विजयपुर अस्पतालका तर्फबाट रु तीन लाख, लाइफगार्ड अस्पतालले रु दुई लाख र उपाध्यक्ष पुष्पराज शर्माले नारायणी सामुदायिक अस्पतालका तर्फबाट रु पाँच लाख दिने घोषणा गरेको वरिष्ठ उपाध्यक्ष थापाले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ४ शनिवार १४:५६ मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...