back
CTIZAN AD

अफिनको अध्यक्षमा पुनः वसन्त चौधरी

वि.सं.२०७३ मंसिर ४ शनिवार

1.2K 

shares

४ मङ्सिर,काठमाडौँ  । निजी अस्पताल सञ्चालकको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को अध्यक्षमा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरी पुनः चयन हुनुभएको छ ।

हिजो र आज काठमाडौँमा भएकोे अफिनको १९औँ साधारणसभाले अल्का अस्पतालका अध्यक्ष कुमार थापालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ भने केन्द्रीय उपाध्यक्षमा आशा अस्पताल चितवनका नारायणसिंह कँुवरलाई निर्वाचित गरेको छ ।

क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलमा लाइफगार्ड अस्पतालका डा कैलाशकुमार श्रेष्ठ, मध्यमाञ्चलमा नारायणी सामुदायिक अस्पतालका पुष्पराज शर्मा, पश्चिमाञ्चलमा पद्मा नर्सिङ होमका नरेन्द्र बास्तोला चयन हुनुभएको छ भने मध्यपश्चिमाञ्चलबाट राप्ती लाइफकेयर अस्पतालका हरिप्रसाद रिजाल र सुदूरपश्चिमाञ्चलको पद्मा अस्पतालबाट गजेन्द्रवीर चन्दलाई निर्वाचित गरिएको छ ।

अफिनको महासचिवमा सुमेरु अस्पतालका हेमराज दाहाल, सचिवमा विजयपुर अस्पतालका पङ्कज खतिवडा र कोषाध्यक्षमा नेपाल क्यान्सर अस्पतालका स्वरुपा श्रेष्ठ निर्वाचित हुनुभएको अफिनले जनाएको छ ।

राजकुमार थापा (रिदम न्युरोसाइकियाट्रिक अस्पताल), गोपीकृष्ण न्यौपाने (स्तूपा स्वास्थ्य सेवा सहकारी), लोकबहादुर टन्डन (ग्रिनसिटी अस्पताल), कैलाश खड्का (वेलकेयर अस्पताल), भरतराज रेग्मी (चितवन एभरेस्ट अस्पताल) र यमबहादुर दर्लामी (सर्वाङ्ग अस्पताल) भने सदस्यमा निर्वाचित हुनुभएको छ ।

साधारणसभाले क्षेत्रीय सदस्यमा पूर्वाञ्चलमा राजेशप्रसाद विष्ट (विराट आँखा अस्पताल), मध्यमाञ्चलमा ओमप्रकाश दवाडी (चितवन ओम अस्पताल), पश्चिमाञ्चलमा गोविन्द खनाल (मेडिटेक अस्पताल), मध्यपश्चिमाञ्चलमा चन्द्रबहादुर महतो (कौशल्या मेमोरियल अस्पताल) र सुदूरपश्चिममा विष्णुप्रसाद सापकोटा (घोडाघोडी अस्पताल) लाई चयन गरेको छ ।

यसैबीच, अफिनको भवन निर्माणका लागि नवनिर्वाचित अध्यक्ष चौधरीले नर्भिक अस्पताल र सदस्य लोकबहादुर टन्डनले ग्रिनसिटी अस्पतालको तर्फबाट रु २१÷२१ लाखको सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्ष कुमार थापाले अल्का अस्पतालको तर्फबाट रु ११ लाख, महासचिव दाहालले वार्षिक रुपमा स्वास्थ्य महोत्सव गर्ने, सदस्य कैलाश खड्काले वेलकेयर अस्पतालका तर्फबाट रु पाँच लाख, गोपी न्यौपानेले व्यक्तिगत रुपमा रु दुई लाख, उपाध्यक्ष नारायणसिंह कुँवरले आशा अस्पतालबाट रु पाँच लाख दिने घोषणा गर्नुभएको छ ।

यसैगरी, कोषाध्यक्ष श्रेष्ठले नेपाल क्यान्सर अस्पतालका तर्फबाट रु तीन लाख, सचिव खतिवडाले विजयपुर अस्पतालका तर्फबाट रु तीन लाख, लाइफगार्ड अस्पतालले रु दुई लाख र उपाध्यक्ष पुष्पराज शर्माले नारायणी सामुदायिक अस्पतालका तर्फबाट रु पाँच लाख दिने घोषणा गरेको वरिष्ठ उपाध्यक्ष थापाले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ४ शनिवार १४:५६ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...