back
CTIZAN AD

रानीपोखरीको प्रबद्र्धनमा चियुस अन्तर्राष्ट्रिय समन्वय समितीले सहकार्य गर्ने

वि.सं.२०७३ मंसिर ५ आइतवार

1.1K 

shares

ranipokhari
पश्चिम चितवनको शारदानगरमा रहेको ऐतिहासिक रानीपोखरीको प्रबद्र्धनमा चितवन युवा समुह –चियुस० अन्तर्राष्ट्रिय समन्वय समितीले सहकार्य गर्ने भएको छ । समितिमा आवद्ध देश विदेशमा रहेका नेपालीहरुमाझ प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि भुमिका खेल्ने समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
रानीपोखरीलाई विकास गरी आकर्षक पर्यटकिय गन्तव्यको रुपमा अगाडी बढाउन जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको अधिकारीको भनाई छ । आज सोही क्षेत्रमा छलफल तथा वनभोज कार्यक्रमको आयोजना गरी समितिले यस्तो प्रतिबद्धता जनाएको हो ।
रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङले आर्थिक अभावका कारण सोचे अनुसार काम गर्न नसकिएको भन्दै भावी दिनमा यसलाई अन्तराष्ट्रिय मुर्ति संग्रहालयको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
साविक शारदानगरको वडा नम्वर ४ र ५ मा पर्ने यो रानीपोखरी हाल चित्रवन नगरपालिकाको ४,५ वटामा पर्छ । रानीपोखरीको दाहीने साइडमा देवीको मन्दिर छ, जहाँ विशेष गरी महाअष्टमीका दिन भक्तजनहरुका विशेष भिड लाग्छ । पोखरीको देब्रे साइडमा बुद्धको मक्र्ति स्थापना गरिएको छ । प्राकृतिक बातावरणले भरिपूर्ण रानीपोखरी चरा अवलोकनका लागि समेत महत्वपूर्ण छ । यहाँ अघिल्लो साल प्रस्तर मुर्तिकला कार्यशाला भएपछि निर्माण भएका २२ वटा आकर्षक ढुंगाका मुर्तिले थप सुन्दरता थपेको छ । पोखरीमा ढुंगा सयरको पनि व्यवस्था छ ।
समितीका उपाध्यक्ष बुद्धिराज अर्यालले रानीपोखरीमा आउँदा आफैंमा आनन्द र शान्तिको महसुस भएको प्रतिक्रिया दिनुभयो । यस्तै अर्का उपाध्यक्ष मनोज अर्यालले महत्वपूर्ण क्षेत्र भैकन पनि यसको व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
सो क्षेत्रको विकासका लागि एनआर एनएका केन्द्रिय सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटाले आफ्नोतर्फबाट महत्वपूर्ण भूमिका खेल्ने यसअघि नै प्रतिबद्धता जनाईसक्नुभएको छ ।
आजको कार्यक्रममा चितवन सेवा समाज बहराइनका उपाध्यक्ष प्रकाश लामिछाने, चितवन सेवा समाज कुवेतका अध्यक्ष नविन लोप्चन, चितवन सेवा समाज साइप्रसकी सचिब कबिता ढकाल, चितवन युवा समूह दोहा कतारका पुर्व अध्यक्ष रामबाबू थापा, चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीका सास्कृतिक संयोजक सुमन भारती, निर्मला सापकोटा  र गायक नेत्रजि पन्त लगायतको सहभागिता थियो ।

वि.सं.२०७३ मंसिर ५ आइतवार ०४:१२ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...