back

रानीपोखरीको प्रबद्र्धनमा चियुस अन्तर्राष्ट्रिय समन्वय समितीले सहकार्य गर्ने

वि.सं.२०७३ मंसिर ५ आइतवार

591 

shares
IME Limited
NTC AD

ranipokhari
पश्चिम चितवनको शारदानगरमा रहेको ऐतिहासिक रानीपोखरीको प्रबद्र्धनमा चितवन युवा समुह –चियुस० अन्तर्राष्ट्रिय समन्वय समितीले सहकार्य गर्ने भएको छ । समितिमा आवद्ध देश विदेशमा रहेका नेपालीहरुमाझ प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि भुमिका खेल्ने समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
रानीपोखरीलाई विकास गरी आकर्षक पर्यटकिय गन्तव्यको रुपमा अगाडी बढाउन जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको अधिकारीको भनाई छ । आज सोही क्षेत्रमा छलफल तथा वनभोज कार्यक्रमको आयोजना गरी समितिले यस्तो प्रतिबद्धता जनाएको हो ।
रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङले आर्थिक अभावका कारण सोचे अनुसार काम गर्न नसकिएको भन्दै भावी दिनमा यसलाई अन्तराष्ट्रिय मुर्ति संग्रहालयको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
साविक शारदानगरको वडा नम्वर ४ र ५ मा पर्ने यो रानीपोखरी हाल चित्रवन नगरपालिकाको ४,५ वटामा पर्छ । रानीपोखरीको दाहीने साइडमा देवीको मन्दिर छ, जहाँ विशेष गरी महाअष्टमीका दिन भक्तजनहरुका विशेष भिड लाग्छ । पोखरीको देब्रे साइडमा बुद्धको मक्र्ति स्थापना गरिएको छ । प्राकृतिक बातावरणले भरिपूर्ण रानीपोखरी चरा अवलोकनका लागि समेत महत्वपूर्ण छ । यहाँ अघिल्लो साल प्रस्तर मुर्तिकला कार्यशाला भएपछि निर्माण भएका २२ वटा आकर्षक ढुंगाका मुर्तिले थप सुन्दरता थपेको छ । पोखरीमा ढुंगा सयरको पनि व्यवस्था छ ।
समितीका उपाध्यक्ष बुद्धिराज अर्यालले रानीपोखरीमा आउँदा आफैंमा आनन्द र शान्तिको महसुस भएको प्रतिक्रिया दिनुभयो । यस्तै अर्का उपाध्यक्ष मनोज अर्यालले महत्वपूर्ण क्षेत्र भैकन पनि यसको व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
सो क्षेत्रको विकासका लागि एनआर एनएका केन्द्रिय सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटाले आफ्नोतर्फबाट महत्वपूर्ण भूमिका खेल्ने यसअघि नै प्रतिबद्धता जनाईसक्नुभएको छ ।
आजको कार्यक्रममा चितवन सेवा समाज बहराइनका उपाध्यक्ष प्रकाश लामिछाने, चितवन सेवा समाज कुवेतका अध्यक्ष नविन लोप्चन, चितवन सेवा समाज साइप्रसकी सचिब कबिता ढकाल, चितवन युवा समूह दोहा कतारका पुर्व अध्यक्ष रामबाबू थापा, चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीका सास्कृतिक संयोजक सुमन भारती, निर्मला सापकोटा  र गायक नेत्रजि पन्त लगायतको सहभागिता थियो ।

वि.सं.२०७३ मंसिर ५ आइतवार ०४:१२ मा प्रकाशित

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो...

ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावः कार्यान्वयन गर्न सरकारलाई निर्देशन

ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावः कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रियसभाले ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित...