back
CTIZAN AD

डेङ्गुबाट भारतीय मजदुरको मृत्यु

वि.सं.२०७३ मंसिर ५ आइतवार

972 

shares

५ मङ्सिर,दमक (झापा) । डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका एकजना भारतीय मजदुरको मृत्यु भएको छ ।

दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गरिआएका भारत, सिलगुढी घर भएका ५५ वर्षीय जीवन रायको मृत्यु भएको हो । रायसहित भारतीय मजदुरहरु श्रेष्ठको निर्माणाधीन घरमा अन्य चारजना ज्यालादारी काम गर्दै आएका थिए ।

रायको तीन दिन अघि डेङ्गु सङ्क्रमण जचाउन जाँदा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि थप उपचार गराउँदा भारतको नर्थवेङ्गाल मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

दमकमा महिना दिनअघिदेखि डेङ्गुको सङ्क्रमण एक्कासि बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार दमक क्षेत्रमा हालसम्म ३०० जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । तर डेङ्गुबाट मर्ने राय पहिलो व्यक्ति भएको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर ५ आइतवार ०५:५७ मा प्रकाशित

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...