back
CTIZAN AD

मलेसियाले गैरकानुनी आप्रबासीलाई स्वदेश फर्काउँदै, अवसरको फाइदा उठाउन नेपाली दूतावासको आग्रह

वि.सं.२०७६ साउन ७ मंगलवार

948 

shares

७ साउन । मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई स्वदेश फर्कने अवसर ‘आममाफीको कार्यक्रम’ (Back for Good) दिने नीति ल्याएको छ ।

मलेसियन गृहमन्त्री तान श्री मुहिदिन यासिनले जुलाई १८ मा भिषा नभई वा भिषाको म्याद सकिएर अभिलेखविहिन(गैरकानुनी) भै बसेका विदेशी कामदारहरुलाई आममाफी दिएर स्वदेश फिर्ता हुने कार्यक्रम घोषणा गरेका थिए ।

मलेसियन सरकारले ल्याएको उक्त आममाफी कार्यक्रमको जानकारी गराउँदै मलेसियास्थित नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरेको छ । यहि साउन १६ अर्थात् १ अगष्ट २०१९ देखि ३१ डिसेम्बर २०१९ सम्म ५ महिनाका लागि ल्याएको उक्त कार्यक्रम बारे जानकारी गराउँदै दूतावासले गैरकानुनी रुपमा रहि रहेका नेपालीलाई यस अवसरको फाइदा उठाई स्वदेश फर्कन आह्वान गरेको छ ।

सो अवसरमा सहभागी हुनका लागि मलेसिया सरकारलाई जरिवानाबापत ७ सय रिङ्खिट बुझाउनु पर्दछ । साथै पासपोर्ट नहुनेको हकमा एकतर्फी यात्रा अनुमतीपत्र बापत नेपाली दूतावासमा १६० मलेसियन रिङ्खिट राजस्व बुझाउनु पर्दछ । मलेसियाबाट नेपाल फिर्ता हुन आवश्यक हवाई टिकट पनि व्यक्ति स्वयम्ले तिर्नु पर्दछ ।

आममाफी कार्यक्रममा सहभागी हुनका लागि राहदानी नभएकाले दूतावासबाट एकतर्फी यात्रा अनुमतीपत्र बनाइ सिधै मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालयमा जानुपर्ने हुन्छ । अध्यागमन कार्यालयमा आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको बुकिङ्खको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्दछ । त्यस्तो टिकको म्याद अध्यागमन कार्यालय गएको ७ दिनभित्रको हुनुपर्ने दूतावासद्वारा सूचनामा जनाइएको छ ।

यस कार्यक्रमको लाभ उठाइ फर्कन चाहनेहरुले कुनै पनि तेस्रो पक्षको सहयोग लिनु नपर्ने मलेसियन सरकारको नीति रहेको हुँदा आवश्यक जानकारीका लागि सिधै दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

मलेसियाको ग्ह मन्त्रालयले सन् २०२० को सुरुवातदेखि गैरकानुनी आप्रवासीमाथि कारबाही अघि बढाउने जनाएको छ ।

वि.सं.२०७६ साउन ७ मंगलवार १३:४१ मा प्रकाशित

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...