Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

मलेसियाले गैरकानुनी आप्रबासीलाई स्वदेश फर्काउँदै, अवसरको फाइदा उठाउन नेपाली दूतावासको आग्रह



७ साउन । मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई स्वदेश फर्कने अवसर ‘आममाफीको कार्यक्रम’ (Back for Good) दिने नीति ल्याएको छ ।

मलेसियन गृहमन्त्री तान श्री मुहिदिन यासिनले जुलाई १८ मा भिषा नभई वा भिषाको म्याद सकिएर अभिलेखविहिन(गैरकानुनी) भै बसेका विदेशी कामदारहरुलाई आममाफी दिएर स्वदेश फिर्ता हुने कार्यक्रम घोषणा गरेका थिए ।

मलेसियन सरकारले ल्याएको उक्त आममाफी कार्यक्रमको जानकारी गराउँदै मलेसियास्थित नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरेको छ । यहि साउन १६ अर्थात् १ अगष्ट २०१९ देखि ३१ डिसेम्बर २०१९ सम्म ५ महिनाका लागि ल्याएको उक्त कार्यक्रम बारे जानकारी गराउँदै दूतावासले गैरकानुनी रुपमा रहि रहेका नेपालीलाई यस अवसरको फाइदा उठाई स्वदेश फर्कन आह्वान गरेको छ ।

सो अवसरमा सहभागी हुनका लागि मलेसिया सरकारलाई जरिवानाबापत ७ सय रिङ्खिट बुझाउनु पर्दछ । साथै पासपोर्ट नहुनेको हकमा एकतर्फी यात्रा अनुमतीपत्र बापत नेपाली दूतावासमा १६० मलेसियन रिङ्खिट राजस्व बुझाउनु पर्दछ । मलेसियाबाट नेपाल फिर्ता हुन आवश्यक हवाई टिकट पनि व्यक्ति स्वयम्ले तिर्नु पर्दछ ।

आममाफी कार्यक्रममा सहभागी हुनका लागि राहदानी नभएकाले दूतावासबाट एकतर्फी यात्रा अनुमतीपत्र बनाइ सिधै मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालयमा जानुपर्ने हुन्छ । अध्यागमन कार्यालयमा आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको बुकिङ्खको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्दछ । त्यस्तो टिकको म्याद अध्यागमन कार्यालय गएको ७ दिनभित्रको हुनुपर्ने दूतावासद्वारा सूचनामा जनाइएको छ ।

यस कार्यक्रमको लाभ उठाइ फर्कन चाहनेहरुले कुनै पनि तेस्रो पक्षको सहयोग लिनु नपर्ने मलेसियन सरकारको नीति रहेको हुँदा आवश्यक जानकारीका लागि सिधै दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

मलेसियाको ग्ह मन्त्रालयले सन् २०२० को सुरुवातदेखि गैरकानुनी आप्रवासीमाथि कारबाही अघि बढाउने जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम