back
CTIZAN AD

पुल नभएकै कारण ५० विद्यार्थीले स्कुल जान पाएनन्

वि.सं.२०७६ साउन ११ शनिवार

828 

shares

मोहन पौडेल, ११ साउन, परासी । वर्षाको मौसमसँगै पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–२ सुखौराका ५० विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् । माध्यमिक तहको अध्ययनका लागि सुनवल नगरपालिका–१२ भूमही पुग्नुपर्ने बाध्यता रहेका त्यहाँका बालबालिका स्थानीय डम्बरभार खोलामा पुल नभएकै कारण विद्यालय जान नपाएका हुन् ।

हिँउदमा खोलामा पानी नहुने भएकाले सजिलै आवातजावत गर्ने उनीहरु अहिले खोला बढेपछि पढाइ छोड्न बाध्य भएको स्थानीयवासी देवान गुरुङले जानकारी दिनुभयो । “बर्दघाट र सुनवल नगरपालिका जोड्ने गरी सुखौरा र जर्गाहाको बीचमा रहेको डम्बरभार खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्छ, स–साना बालबालिका तर्न सक्ने अवस्था हुँदैन, वर्षाभरि हाम्रा बालबालिका विद्यालयबाट वञ्चित हुनुपरेको छ ।”, उनले भने ।

त्यहाँका ५० बढी विद्यार्थी मावि तह तथा क्याम्पस तहको पढाइका लागि भूमहीका विभिन्न विद्यालयमा अध्ययनरत छन् । बर्दघाटमा पर्ने सुखौरामा प्राथमिक तहभन्दा माथिको विद्यालय नहुँदा यहाँका विद्यार्थी सुनवलको भूमहीमा पढ्न आउनुपर्ने बाध्यता छ । खोला बढेपछि त्यस क्षेत्रमा सञ्चालन हुने यातायात बन्द भएको छ ।

खोलामा पानी बढेपछि जोखिम मोलेर तर्नुपर्ने बाध्यताका कारण धेरै बालबालिकाले बीचमै पढाइ छाड्नुपर्ने अवस्था रहेको सोही गाउँबाट भूमहीको मोतीलाल क्याम्पसमा स्नातक अध्ययनरत नेत्रबहादुर थापाको गुनासो छ । भूमही–जर्गाहा–धुरकोट सडकखण्डअन्तर्गत उक्त खोलामा प्रदेश नं ५ स्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोडको बजेटमा असारभित्रै सम्पन्न गर्ने गरी आरसिसी भेन्टेड कजवे पुल निर्माण थालिएको थियो । पुल समयमा नबनेपछि यस वर्ष पनि यहाँका स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

पुल निर्माण समयमा सम्पन्न हुने र आफूहरुलाई सहज हुने विश्वास गर्दै खुशी भएका स्थानीयवासी अहिले निराश बनेको स्थानीयवासी गुरुङले बताउनुभयो । पुल निर्माणको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । समयमा पुल निर्माण नभएपछि रु ४० लाख ‘फ्रिज’ भएको छ । चालू आव २०७६÷०७७ का लागि पुनः मन्त्रालयले रु ८० लाख बजेट विनियोजन गरी सडक कालोपत्रे र अधुरो पुल निर्माण गर्ने योजना बनाएको प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए ।

मन्त्री चौधरीले सुखौरावासीले सडक, पुल, शिक्षा, जग्गालगायतमा भोग्दै आएको समस्या समाधानमा पनि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए । सुखौरामा करीब १४० घरधुरी छन् । भौगोलिकरूपमा विकट रहेको सुखौराका नागरिकले दैनिक उपभोग्यलगायतका सामान किनमेलका लागि पनि भूमही नै पुग्नुपर्ने बाध्यता छ । खोला बढेको र पुल पनि नभएपछि अहिले निकै समस्या भएको स्थानीयको गुनासो छ ।

तिरुपति निर्माण तथा सप्लायर्स सुनवल नवलपरासीले निर्माणको जिम्मा पाएको उक्त पुल लम्बाइ ३५ मिटर, चौडाइ छ मिटर र उचाइ तीन मिटर र दशवटा बक्सको कजवे निर्माण हुनेछ । उक्त खोलामा पुल नहुँदा सुखौराका बासिन्दा आफ्नै वडा कार्यालय जान, बजार आवतजावत गर्न तथा बालबालिकालाई वर्षाको समयमा विद्यालय छाड्नुपर्ने बाध्यता रहेको हो ।

प्रशासनिक र राजनीतिक हिसाबले बर्दघाट नगरपालिकामा परे पनि सुखौराका बासिन्दा सामाजिक र वित्तीय पहुँचको दृष्टिले सुनवल नगरपालिकामा निर्भर छन् । “पुल नहुँदा हामीले धेरै सास्ती पाउनुपरेको छ, सडकसमेत ग्राभेलमात्र छ, आवतजावत गर्न कठिनाइ भइरहेको छ, एम्बुलेन्स आउन नसक्दा औषधि उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने, किनमेलका लागि बजार आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।”, गुरुङले भने ।

वि.सं.२०७६ साउन ११ शनिवार १४:३० मा प्रकाशित

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

लमजुङमा कांग्रेसको अग्रता

लमजुङमा कांग्रेसको अग्रता

लमजुङ । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले...

बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...