
भोली जुलाई ३० तारिख, अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाईदै छ ।
यसै विषयमा मानब अधिकारका विषयमा शसक्त रुपमा कलम चलाउँदै आएका तथा मानब बेचबिखन विरुद्धका मुद्दाहरुमा महत्वपूर्ण फैसलाहरु गर्दै आएका न्यायाधिश टेक नारायण कुँवरले विश्वमै फस्टाउँदै गरेका तीनवटा अपराध (हातहतियार, मानब बेचबिखन तथा लागूऔषध) मध्ये मानबबेचबिखन दोश्रो ठूलो अपराधको रुपमा दर्ज भएको बताएका छन् ।
मानब बेचबिखनका विरुद्धमा शसक्त आवाज उठाउनुपर्ने बताएका कुँवरका अनुसार विश्व बजारमा मानब बेचबिखनमा प्रतिवर्ष ४० अर्ब डलरको कारोबार हुने गरेको छ ।
न्यायाधिश कुँवरले आफ्नो सन्देशमा भनेका छन्, ‘मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिका हरुलाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ । दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवर्जस्ती संलग्न गराउँदछन् ।
‘ भोली जुलाई ३० तारिख । हरेक वर्षको जुलाई ३० तारिखका दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्रा्ष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको रुपमा मनाउँदै आएको छ । मानव बेचबिखन सम्बन्धी अपराधको बारेमा सचेतना फैलाउन यस दिनको सन्देश व्यापक रुपमा जनमानसमा पुर्याइनु आवश्यक छ ।
आजको आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धरतीमा फस्टाउँदै जानु भनेको यस कथित सभ्य समाजको कलंक नै हो । भनिन्छ, संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध सगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागू औषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा दर्ज भएको छ । जसमा प्रतिवर्ष ४० बिलियन अर्ब डलर बराबरको कारोबार हुने गर्दछ । विश्वका सरकारहरु यो अपराध नियन्त्रण गर्न लगभग असफल रहेका छन् । आधुनिक युगको दासता भनी परिभाषित यस अपराधलाई नियन्त्रण गर्नबाट सरकारहरु असफल हुनु भनेको मानव मात्रको लागि लज्जाको विषय हो ।
मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिका हरुलाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ । दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवर्जस्ती संलग्न गराउँदछन् । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमा लगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको छ । पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ ।
अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ ।
यस अपराधको संगठित जालो तोड्नु नै आजको मुख्य अवश्यकता हो । तसर्थ नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी जुन कानून लागू गरेको छ त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले उचित न्याय पाउन नसक्ने अवस्था रहेको छ । त्यसको अन्त्यको लागि सरकारको क्षेत्रबाट मात्र होइन नागरिक तहबाट समेत आवाज उठाईनु पर्दछ । हामी सबैले अन्तर्रा्ष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको उपलक्ष्यमा यस संगठित अपराधको विरुद्ध सघन रुपमा आवाज बुलन्द पारौं र मानव बेचबिखन विरुद्ध शसक्त रुपमा लडौं ।’