back
CTIZAN AD

‘मै मरे तिमीलाई कस्ले माया गर्ला’ भनेको केही समयमै संसार छाड्नुपर्यो समिक्षालाई

वि.सं.२०७६ साउन १३ सोमवार

1.1K 

shares

१३ साउन, काठमाण्डौं । अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत स्याङजाकी समिक्षा सुवेदी, गोपाल भण्डारी, सागर भट्टराई, संगीता देवकोटा र अश्विन कँडेल । क्यानवेराबाट दुईघण्टा टाढा रहेको स्नोइ माउन्टेनमा हिउँ खेल्न गएका थिए ।

तीनवटा गाडीमा सिड्नीबाट छुटेका १५ जना नेपाली विद्यार्थीहरु हिउँ खेल्नका लागि शनिबार सिड्नीबाट हिँडेका थिए । उनीहरु त्यो रात क्यानवेरामा बसेर क्याम्पङि गरेर आइतबार स्नो माउन्टेन चढ्ने योजना थियो । तर, आइतबार बिहाँन ४ बजे समिक्षा सहितको ५ जनाको टोली अन्य १० जनालाई छोडेर कार लिएर माउन्टेनतिर लाग्यो ।

क्यानबेरा पुग्न केही समय रहँदा समिक्षाको टिमले गीत पनि गाएको थियो । गीतमा भनिएको थियो, ‘मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ, मै मरे तिमीलाई कसले माया गर्छ’ कारमा सवार रहेका उनीहरुले यहि गीत गाउँदै फेसबुक लाइभ समेत गरेका थिए । फेसबुकमा माइलाले कसैलाई मिस गरेको भनेर पछाडि बसेको साथीलाई समिक्षाले जिस्क्याएकी पनि थिइन् । तर, उनलाई के थाहा ‘मै मरे तिमीलाई कस्ले माया गर्छ’ भनेर गीत गाएको केही घण्टापछि आफूले यो धर्ति छाडेर जानुपर्छ भनेर ।

गाडीमा साथीहरुसँग रमाइलो गर्दै फेसबुक लाइभ गरेका उनीहरु क्यानबेरा पुग्नै लागेको र त्यहि रात विताएर अर्कोदिन हिँउ खेल्न जाने भन्दै खुसी भएका थिए ।

क्यानबेराबाट दुईघण्टाको दूरीमा रहेको स्नोइमाउण्टेनमा छिटै पुगिने भनेर उनीहरु राति नै हिँडेको बताइएको छ ।

स्नो माउण्टेन जान हिँडेका उनीहरुको क्यानबेराको नजिकै रहेको मोरना हाइवेमा दुर्घटना भएको थियो । सोहि दुर्घटनामा समिक्षा र गोपालको मृत्यु भयो अन्य तीनजना घाईते भए । अष्ट्रेलियन प्रहरीका अनुसार सवारी द्रुतगतिमा भएका कारण दुर्घटना भएको हो ।

उनीहरुलाई हेलिकप्टरमा राखेर उद्धार गरिएको थियो । दुर्घटनामा घाईते भएका अश्विनी कंडेल क्यानबेरा नजिकै रहेको कुमा अस्प्तालमा उपचार गरेर फर्किएका छन् भने सागर भट्टराई र संगीता देवकोटाको क्यानेबराको एक अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको क्यानवेरास्थित नेपाली दूतावासले जनाएको छ ।

फोटो समिक्षा सुवेदीको फेसबुक वालबाट

वि.सं.२०७६ साउन १३ सोमवार १८:०० मा प्रकाशित

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...