Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

ग्रीन फिल्डको यस्तो धन्दा, माल्टा पठाउने भन्दै ७ सय युवालाई ठग्यो



१६ साउन, काठमाण्डौं । दक्षिण युरोपको माल्टा जाने प्रलोभनमा एउटै कन्सल्टेन्सीबाट सातसय जना ठगिएका छन् । एक सय १८ जनाले त प्रहरी कार्यालयमै उजुरी दिएका छन् ।

उपत्यकाका विभिन्न ठाउँमा चारवटा शाखा कार्यालय खोली चाबहिलस्थित ग्रिनफिल्ड एजुकेशन कन्सल्टेन्सीठगी धन्दा चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानपछि प्रहरीले विभिन्न व्यक्तिका ७६ वटा पासपोर्ट बरामद गरेको छ ।

माल्टा लैजाने भन्दै सात सय ३७ जनासँग दोहोरो सम्झौता भएको पत्र समेत बरामद भएको छ । कन्सल्टेन्सीले पीडितबाट उठाएको दुई करोठ ८६ लाख रुपैयाँको चेकसमेत बरामद गरेको प्रहरीले जनाएको छ । तर, प्रहरी कहाँ कानुनी उपचारका लागि एक सय १८ को मात्रै जाहेरी परेको छ ।

जाहेरी दिनेको मात्रै एक करोड ८८ लाख ११ हजार रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ । तर, ठगीका मुख्य अभियुक्त सञ्जिव तामाङ र रुप बहादुर गुरुङ भने फरार रहेका छन् । उनीहरु कन्सल्टेन्सी सञ्चालक रहेको नयाँपत्रिका दैनिकमा समाचार छ ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले माल्टा लैजाने प्रलोभनमा एउटै कन्सल्टेन्सीबाट ठगिनेको संख्या धेरै भएको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ