back
CTIZAN AD

ग्रीन फिल्डको यस्तो धन्दा, माल्टा पठाउने भन्दै ७ सय युवालाई ठग्यो

वि.सं.२०७६ साउन १६ बिहीवार

825 

shares

१६ साउन, काठमाण्डौं । दक्षिण युरोपको माल्टा जाने प्रलोभनमा एउटै कन्सल्टेन्सीबाट सातसय जना ठगिएका छन् । एक सय १८ जनाले त प्रहरी कार्यालयमै उजुरी दिएका छन् ।

उपत्यकाका विभिन्न ठाउँमा चारवटा शाखा कार्यालय खोली चाबहिलस्थित ग्रिनफिल्ड एजुकेशन कन्सल्टेन्सीठगी धन्दा चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानपछि प्रहरीले विभिन्न व्यक्तिका ७६ वटा पासपोर्ट बरामद गरेको छ ।

माल्टा लैजाने भन्दै सात सय ३७ जनासँग दोहोरो सम्झौता भएको पत्र समेत बरामद भएको छ । कन्सल्टेन्सीले पीडितबाट उठाएको दुई करोठ ८६ लाख रुपैयाँको चेकसमेत बरामद गरेको प्रहरीले जनाएको छ । तर, प्रहरी कहाँ कानुनी उपचारका लागि एक सय १८ को मात्रै जाहेरी परेको छ ।

जाहेरी दिनेको मात्रै एक करोड ८८ लाख ११ हजार रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ । तर, ठगीका मुख्य अभियुक्त सञ्जिव तामाङ र रुप बहादुर गुरुङ भने फरार रहेका छन् । उनीहरु कन्सल्टेन्सी सञ्चालक रहेको नयाँपत्रिका दैनिकमा समाचार छ ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले माल्टा लैजाने प्रलोभनमा एउटै कन्सल्टेन्सीबाट ठगिनेको संख्या धेरै भएको बताए ।

वि.सं.२०७६ साउन १६ बिहीवार ०८:५१ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...