back
CTIZAN AD

वि.सं.२०७६ साउन २० सोमवार

1K 

shares

कपडा बैंकको स्थापना

२० साउन, धनगढी । तयारी लुगा किनेर लगाउन सक्ने क्षमता नभएका व्यक्तिले यहाँ निःशुल्क रुपमा पुनः प्रयोग गर्न मिल्ने लुगा पाउने भएका छन् । तयारी लुगा किन्न नसक्ने व्यक्तिका लागि यहाँ स्थापना गरिएको कपडा बैँकमार्फत लत्ताकपडा लगायतका सामग्री निःशुल्क उपलब्ध गराउन लागिएको हो ।

स्थानीय व्यापारी गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको रु १५ लाखको संयुक्त लगानीमा स्थापना भएको कपडा बैंकमा असहाय, अशक्त, दैवीप्रकोप पीडित र विपन्न समुदायका व्यक्तिले लाभ लिन सक्ने जनाइएको छ । धनगढीको धार्मिक पर्यटकीय क्षेत्र शिवपुरी धाम परिसरमा सो बैंक स्थापना गरिएको छ ।

प्रदेशसभा सदस्य डिल्लीराज पन्त र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उक्त बैंकको आज संयुक्तरुपमा उद्घाटन गरे । सो अवसरमा उनीहरुले निःशुल्क कपडा वितरण गरेर पुण्य प्राप्त गर्ने बैंक सञ्चालकको योजनाको सराहना गरे ।

सञ्चालकहरुले धार्मिकसँगै सामाजिक कार्यसमेत गर्ने उद्देश्यका साथ कपडा बैंक सञ्चालन गरिएको बताए । पुनः प्रयोग गर्न मिल्ने सबैखाले लुगा सङ्कलन र व्यवस्थापन गरेर असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोचअनुरुप यो योजना ल्याइएको उनीहरुले जानकारी दिए। यसअघि सामाजिक संस्था रोयल कोलाब्रेटिज प्रालि धनगढीमा आबद्ध युवाको पहलमा पुनः प्रयोग गर्न मिल्ने लुुगा कपडा सङ्कलन गरी विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क रुपमा वितरण थालिएको हो ।

यसैबीच उपमहानगरपालिकाका प्रमुख वडको पहलमा पुनः प्रयोग गर्न मिल्ने लत्ताकपडा सङ्कलनका लागि २० थान बाकस उपलब्ध गरिएको संस्थाका देवेन्द्र जोशीले बताए । यो काममा जोशी, गजेन्द्र शाही, सूर्यप्रकाश भट्ट, विनय चोखाललगायतका युवा सक्रिय भएको छ । धनगढीको एल एन चोक, निसर्ग अस्पताल, परिसरको चोक र सेती अञ्चल अस्पताल चोकमा स्टल राखेर निःशुल्क रुपमा लत्ताकपडाको सङ्कलन र वितरण भइरहेको छ ।

वि.सं.२०७६ साउन २० सोमवार १९:४२ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...