back
CTIZAN AD

बेलायतमा इन्जिनियरिङ गर्दै आएका मल्ल देश फर्केर माछा पालनमा रमाउँदै

वि.सं.२०७६ साउन २१ मंगलवार

846 

shares

२१ साउन, दमौली । बेलायतमा इन्जिनियरिङ पेशामा जम्दै गरेका तनहुँका प्रदीप मल्ल देश फर्केर आफनै गाउँमा माछापालनमा रमाउँदै छन् ।

तनहुँको माग्दे गाउँपालिकाका ६ का ३१ वर्षीय प्रदीप मल्ल आइटी इन्जिनियर हुन् ।
पाँचवर्ष अघि बेलायतबाट देश फर्केका मल्लले काठमाण्डौंमा आइटि इन्जिनियरिङको जागिर पनि खाएका थिए । तर, जागिरमा सन्तुष्ट बन्न नसकेपछि आफ्नै गाउँमा फर्केर माछापालन व्यवसायमा लागेका बताउँछन् ।

उनले काठमाण्डौंमा कन्सल्टेन्सी भने खोलेका छन् । त्यहाँ अरुलाई नै जिम्मा दिएर उनी गाउँमै माछापालनमा रमाएको मंगलरबारको गोरखापत्र दैनिकमा समाचार छ ।

उनले म्याग्दे गाउँपालिका ५ को भूलभूले भन्ने ठाउँको पृथ्वीराजमार्गसँगै जोडिएको आफ्नै १० रोपनी जग्गामा माछा पालन गरेका हुन् । नौ वटा पोखरी बनाएर माछापालन गर्ने योजना बनाएका उनले हाल दुई वटा पोखरीमा कमन कार्प र गैस कार्प जातिका माछा पालन गरेका छन् ।

आफू पनि दिनभर पोखरीमा व्यस्त रहने उनले ६ जनालाई रोजगारी दिएका छन् ।

मल्ललाई यो व्यवसायमा उनका बुवा विष्णु कुमार मल्लले सहयोग गरेका छन् । विष्णु कुमार तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार एकाईका पूर्वअध्यक्ष समेत हुन् ।

वि.सं.२०७६ साउन २१ मंगलवार ०९:५० मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...