back
CTIZAN AD

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

वि.सं.२०८२ फागुन २० बुधवार

468 

shares

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रह अस्वीकार गर्दै आफ्नो देशको विमान र सैन्य आधार इरानमाथि आक्रमणका लागि प्रयोग गर्न नदिने घोषणा गरेका छन् । उनले टेलिभिजन सम्बोधनमा स्पष्ट रूपमा ‘हामी युद्धमा संलग्न हुने छैनौँ’ भन्दै प्रतिशोधको डरले विश्वका लागि हानिकारक कुनै कदममा स्पेन संलग्न नहुने जोड दिए ।

उनले भने, “हामी यस विपत्तिको विरोध गर्छौं ।” उनले आफ्नो दृष्टिकोण युरोप, उत्तर अमेरिका र मध्यपूर्वका लाखौँ नागरिकहरूसँग साझा भएको बताए, जसले थप युद्ध वा अनिश्चितता चाहँदैनन् ।

यसअघि मङ्गलबार ह्वाइट हाउसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग भेट्दा ट्रम्पले स्पेनलाई ‘डरलाग्दो’ सहयोगी भनेका थिए । सान्चेजले ट्रम्पको मागअनुसार रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतमा बढाउने प्रतिज्ञा गर्न अस्वीकार गरेको पनि औँल्याए । संयुक्त राज्य अमेरिकाले गठबन्धनको बोझ धेरै काँधमा बोकेको ट्रम्पले बारम्बार उल्लेख गरे ।

सान्चेजको वामपन्थी सरकारले गाजामा इजरायलको युद्धको कडा विरोध, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण र पक्राउ गर्ने सैन्य कारबाहीको आलोचना र अन्य नीतिहरूले वासिङ्टनको रिस बढाएको छ ।

स्पेनको रोटा नौसेना आधार र मोरोन हवाई आधार अमेरिकी सेनाको प्रयोगमा छ । सन् २००३ मा इराकमाथि आक्रमण हुँदा तत्कालीन कन्जरभेटिभ प्रधानमन्त्री जोस मारिया आजनारको नेतृत्वमा स्पेनले अमेरिकी आक्रमणलाई दृढ समर्थन गरेको थियो । (रासस/एएफपी)

वि.सं.२०८२ फागुन २० बुधवार १६:१३ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...