back
CTIZAN AD

कसरी मुक्त पार्ने काठमाण्डौंलाई बाढी डुबानबाट ?

वि.सं.२०७६ साउन २२ बुधवार

675 

shares

काठमाण्डौं उपत्यकामा बार्षिक वर्षाको परिमाण र दर विगत १०० वर्ष देखि उही छ तर पानीको निकास साघुरिँदा, खोलाहरू अतिक्रमित हुँदा, नयाँ नयाँ भौतिक संरचना बन्दै जादा, ढल र वर्षातको पानी निकास व्यवस्थापनको कुनै योजनाबिना वस्ति बढ्दै जादा, जमिन खुला नराखी जमिनलाई पक्की कभर बनाउदै गएर जमिनले पानी सोस्न नसक्दा, रूख विरूवा विनास गरेर भुई नंग्याउदै रहदा अव ईन्द्रको बाउ चन्द्रले पनि यहा वर्षेनी हुने बाढीको ताण्डव नृत्य रोक्न सक्ने देखिन छाडेको छ ।

त्यसमाथि, पहिले पहिले एकवर्षमा हुने बर्षाको पानी अहिले १५–२० दिनमै परिरहेको जस्तो पाईन्छ । वर्षात्को सघनता बढेको तर अवधि घट्दै गैरहेको देखिन्छ । काठमाडौँ उपत्यकाको उत्तरी भागमा र दक्षिण–पश्चिम भागमा कुनै जमानामा ३०५ मिमी पानी परेको रेकर्डमा देखिन्थ्यो कुनै बाढी आउदैन थियो तर अहिले १५० मीमी पानी पर्दा नै खोलाहरूमा बाढी आईरहेछ ।

यसका कारणहरु यी हुन्–
-जलवायु परिवर्तन पनि असर,

– खोला साँघुर्दै जानु,

-खोलाहरु पिंदमा बालुवा भरिदै जाँदा खोलाहरूको भुईंसतह माथि आउँदै जानु,
– खोलालाई ढलको पाइपलाइन भित्र पठाएर निकास थुन्नु,

-खोलाहरु पिंदमा बालुवा भरिदै जाँदा खोलाहरूको भुईंसतह माथि आउँदै जानु,
– खोलालाई ढलको पाइपलाइन भित्र पठाएर निकास थुन्नु,

-जमिनमा पानी सोस्ने क्षेत्रफलहरुको कमी हुँदै जाँदा पहिलेपहिले आकाशको पानी जमिनले सोसेर अनिमात्र खोलाहरुमा जानेमा अहिले जमिनभित्र पानी नपसिकन सतहबाट सिधै खोलाहरूमा हुतहुति ओईरिनु,

-खोलाहरूका वरपर क्षेत्रहरुमा हरियाली र खुला जमिनको कमी,

-विगतमा हरियाली तथा रुख वा वनजङ्गलहरुले जमीनमा परेको पानी केही समयलाई भएपनि रोकेर राखेको, गर्दा भूक्षय रोकेको, पानी खोलामा मिसिन बिलम्बध गरेको तर अहिले यसको बिपरित हुन गएको,

-शहरमा जमिनमुनिको पानी अत्याधिक दोहन हुन थालेको तर पुर्नभरण रिचार्जमा योजना नभएको,

रूखबिरूवा हरियाली घट्दै जादा शहरको प्रदूषण बढ्दै गएको, अत्याधिक मात्राको तापक्रमको अन्तर पनि बढ्दै गएको,

-पहिलेको एकसयदेखि दुईसय मिटर चौडाई भएका खोलाहरूलाई साँघुरो पार्दै अहिले २०,३० मिटर भित्र सिमित गरिएको ।

यसकारण, वर्षाको भेल ब्यवस्थापन गर्न यी माथिका विकृतिलाई अहिले देखि नै न्युनिकरण र निराकरण गर्न लागि हाल्नु पर्छ ।

यसका लागि विस्तृत अध्ययन गरी वर्षातको पानी व्यवस्थापन गुरुयोजना र कार्ययोजना बनाएर कार्यान्वयन गर्न यहाँका सबैतहका सरकार जुर्मुराउन जरूरी छ । ५ वर्ष सम्म संकटकाल लगाएरै भए पनि यी बिगतका सबै मूर्खतापूर्ण कर्तुतहरूलाई भत्काउदै पुनस्थापना नगर्ने हो भने वर्षेनि आउने यस्ता बाढी र डुबानको मारमा उपत्यकाबासी रूवाबासी गरेर सरकारलाई सधैं सराप्दै बर्षात वितेपछि फेरी उही चाला गर्दै फेरि अर्को वर्षातमा पुन : आतंकित हुदै, रूदै यो जुनि बिताउनु पर्नेछ ।

उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ साउन २२ बुधवार १०:५४ मा प्रकाशित

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगा जिल्ला लामो समयदेखि ओझेलमा पर्‍यो, विकासमा पछाडी पर्‍यो।तपाइको समर्थन...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

१. पृष्ठभूमि सांस्कृतिक उपनिवेशवाद भनेको एक प्रमुख संस्कृतिको मूल्यमान्यता, विश्वास...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

नेकपाको बढ्दो लोकप्रियता

नेकपाको बढ्दो लोकप्रियता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन...

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक परिवर्तनको अध्ययनमा ऐतिहासिक विधिमा विगतका घटनाहरू, संस्थाहरू र सामाजिक...