back

जनचेतना युवा क्लव शालिग्राम द्धारा भलिवल खेल तथा वृहत सांस्कृतिक कार्यक्रम हुने

वि.सं.२०७३ मंसिर ६ सोमवार

654 

shares
GLOBAL IME AD
NTC AD
नारायण विश्वकर्मा ६ मंसिर, पर्वत । पर्वत जिल्लाको शालिग्राम गाविस स्थीत श्री वहाकी उच्च माध्यामिक विद्यालय चिलाउने खर्कमा श्री जनचेतना युवा क्लव शालिग्राम ४, द्धारा अन्तर वडा स्थारीय भलिवल प्रतियोगीता तथा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
क्लवले यहि आउदो मंसिर नौ गते देखी वडा स्तरिय भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमा आयोजना गरेको क्लवका अध्यक्ष मन वहादुर पाण्डे क्षेत्रीले जानकारी दिनुभयो ।
उहाले सम्पुर्ण खेलप्रेमी महानुभाव, दाजुभाइ तथा दिदी वहिनीहरुलाइ  कार्यक्रममा उपस्थितीका लागि अनुरोध गर्दै कार्यक्रमलाइ भव्य सभ्य र सफल बनाउन सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले वार्षिक उत्सवको अवसरमा वडा स्तरीय भलिवल प्रतियोगीता, खुला दौड प्रतियोगीता तथा ख्याति प्राप्त कलाकारहरुको साथमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको उल्लेख गर्दै कार्यक्रम ऐतिहासीक हुनेमा सवैलाइ विश्वस्त पार्नुभयो ।
क्लवका खेल संयोजक प्रकास पाण्डे क्षेत्रीले भविल प्रतियोगीताको दर्ता शुल्क पाँच हजार ५१ कायम गरिएको जानकारी दिँदै यहि आउदो मंसिर आठ र नौ गते आफ्नो टिमको नाम दर्ता गर्न सवै खेलप्रमी महानुभावहरुलाइ आग्रह गर्नुभयो ।
उहाले भलिवल प्रतियोगीतामा पहिलो हुने समुहलाइ ६० हजार, दोस्रो हुने समुहलाइ ४० हजार र तेस्रा हुने समुहलाइ २० हजार पुरस्कारको व्यवस्था गरीएको जानकारी दिदै सवै विजेता टिमलाइ शिल मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।
उहाले खुला दौड प्रतियोगीताको दर्ता शुल्क पाँच सय ५५ कायम गरिएको उल्लेख गर्दै दौड प्रतियोगीतामा विजयी खेलाडीलाइ नगद सहित मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

वि.सं.२०७३ मंसिर ६ सोमवार ११:३६ मा प्रकाशित

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...