back
CTIZAN AD

छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

वि.सं.२०७६ साउन २२ बुधवार

792 

shares

२२ साउन, काठमाडौं । भक्तपुर सूर्यविनायक , चागुनारायण र सर्लाही मा विभिन्न धनमाल चोरी भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका- २ बालकोटका मोहन लाल श्रेष्ठको घरबाट मंगलबार बेलुका सुनका विभिन्न गहना ७.५ तोला सहित करिब ५ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

यस्तै चागुँनारायण नगरपालिका -४ कुईकेलगाँउ का ४७ वर्षीया अभि कुमारी रोक्काको घरबाट मंगलबार दिउँसो सुनका विभिन्न गहना २.५ तोला, तामाको कुडे १ थान र नगद ७ सय रुपैयाँ सहित करिब १ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका– १ चौलीखाबजारका संजय साहको घरबाट बुधबार बिहान सुन १३ तोला, चांदी १ किलो र घरभित्रै अगाडि स्टरमा रहेको हार्डवेयर पसलबाट नगद ६ लाख ६० हजार र सामसुङ जे सेभेन मोबाईल समेत गरी करिब १५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको खोजी गर्नुका साथै चोरीका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २२ बुधवार १५:०३ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट...

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि...