back
CTIZAN AD

बिप्लवद्धारा १७ जना नेतालाइ कारवाहि,यस्तो छ नयाँ संरचना र जिम्मेवारी

वि.सं.२०७६ साउन २२ बुधवार

1.3K 

shares

२२ साउन, काठमाण्डौ । एकिकृत जनक्रान्तिको ट्रायल गरीरहेको र सरकारद्वारा प्रतिबन्धमा परेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकले १७ जना केन्द्रीय सदस्यलाइ जिम्मेवारीबाट मुक्त गरेको बताएको छ ।

सो पार्टीको गत असार २०–३० सम्म अज्ञातस्थलमा बसेको बैठकले स्थायी समितिको संरचना भङ्ग गर्दै केन्द्रीय सचिवालय गठन गरेको र नयाँ जिम्मेवारी बिभाजन गरेको छ ।

मौजुदा स्थायी समिति भङ्ग गरी ३५ सदस्यीय केन्द्रीय समितिको संरचना खडा गरेको विप्लव नेकपाले जेलमा रहेका हेमन्त प्रकाश वली, माइला लामा र भरत बमलाई पनि केन्द्रीय सदस्यमा राखेको छ । वली र लामा काठमाडौंमा तथा बम बाँके हिरासतमा रहेका छन् ।

केन्द्रीय सदस्यबाट हटाइएकाहरुमा कृष्ण धमला गंभीर तत्कालीन पोलिटब्युरो तथा रामप्रसाद तिमिल्सेना, प्रवास इन्चार्ज रहैका देवीदत्त पाण्डे, टेकबहादुर केसी, बलराम थापा, डम्बर विक, धनबहादुर महर्जन, शंकर खड्का, विद्यार्थी सङ्गठन इन्चार्ज रहेका कृष्ण अधिकारी, भेषराज भुसाल, कार्यालय सचिव, सन्तोषी विक, मकर गुरुङ, बलराम सुनार, सम्झना बुढा, नन्दबहादुर बुढा, पुरुषोत्तम विक, बाबुराम गजमेर रहेका छन् ।

जेलमा परेका तत्कालीन पोलिटब्युरो सदस्य तथा बर्तमान केस मोहन कार्र्की जीवन्त गत आइतबार काठमाडौं जिल्ला अदालतबाट रिहा भइसकेका छन् ।
सो पार्टीको विघटित स्थायी समितिले चारवटा कमान्ड बनाएर सम्पूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने जनाएको बताइएको छ । जसअनुसार पूर्वी कमान्डको नेतृत्व सन्तोष बुढामगरले पाएका छन् । मध्य कमान्डको नेतृत्व खडगबहादुर विश्वकर्मा, मध्यपश्चिम कमान्डमा चन्द्रबहादुृर चन्द र पश्चिम कमान्डमा धर्मेन्द्र बास्तोलाले पाएका छन् ।

यस्तो छ नयाँ केन्द्रीय समिति

सो पार्टीकौ ३५ सदस्यीय केन्द्री्रय समितिमा नेत्रविक्रम चन्द ‘विप्लव’–महासचिव, खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’– प्रवक्ता, धर्मेन्द्र बास्तोला ‘कञ्चन’, सन्तोष बुढामगर ‘विषम’, हेमन्तप्रकाश वली ‘सुदर्शन’ (हाल जेलमा), उमा भुजेल ‘शिलु’, दीपेश राई ‘अधिकार’, सन्देश पौडेल, मोहनलाल चन्द, माइला लामा (हाल जेलमा), चेतबहादुर पुन, चन्द्रबहादुर चन्द ‘वीरजंग’,धुव्र घिमिरे ‘बिप्लव’, केशव बहादुर बाठा, खम्ब बुढा, बलबहादुर वली, ओम पुन, उदय चलाउने, वसन्त श्रेष्ठ, विन्दु चन्द, मोहन कार्की गुणराज लोहनी, भरत बम (हाल जेलमा), अनिल शर्मा, श्यामबहादुर बोहरा, चूडामणि वली, नवीन विश्वकर्मा, अमर झाँक्री, खुमा सुवेदी, देवनारायण शाह, थमनसिंह राई, खम्बबहादुर बुढा, बलबहादुर वली र धु्रव अधिकारी रहेका छन् ।

सो पार्टीका अनुसार पूर्र्वी कमान्डमा सन्तोष बुढामगर, इन्चार्ज अन्तर्गत मेची–कोसी ब्युरोमा उमा भुजेल ‘शिलु’ सगरमाथा ब्युरामा दीपेश राई ‘अधिकार’, जनकपुर ब्युरोमा सन्देश, मध्य कमान्डमा इन्चार्ज खड्कबहादुर विक ‘प्रकाण्ड’ अन्र्तगत ताम्सालिङ ब्युरो–मोहनलाल चन्द ‘आधार’, उपत्यका ब्युरोमा माइला लामा र नारायणी ब्युरोमा चेतबहादुर पुन, मध्यपश्चिम कमान्डमा इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ अन्र्तगत गण्डक ब्युरोमा सावित्रा दुरा, धौलागिरि ब्युरोमा धुव्र घिमिरे ‘बिप्लव’ राप्ती ब्युरोमा केशवबहादुर बाठा ‘सुवास’, पश्चिम कमान्डमा इन्चार्ज धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ अन्र्तगत, कर्णाली ब्युरोमा खम्ब बुढा, भेरी ब्युरोमा बलबहादुर वली र सेती महाकाली ब्युरोमा ओम पुन लगायत रहेका छन् ।

यसअघि पोलिटब्यूरो सदस्य रहेका कृष्ण धमला गम्भिरलाई सो पाटीले पोलिटब्यूरोबाट घटुवा मात्र गरेको छैन, केन्द्रीय समिति सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

धमलालाई आर्थिक अपचलन गरेको र काठमाडौंमा भब्य महल खरिद गरेको आरोप लगाउँदै उजुरीका आधारमा कारबाही गरिएको प्रचार गरीएको छ भने गत चैतमा ललितपुरबाट पक्राउ परेर विभिन्न मुद्दामा सुनसरी, संखुवासभा, नुवाकोट लगायतका जिल््लामा लगिएका तथा सरकारसंग बार्ता गन जरुरी रहेको बताएर जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा रिहा भएका मोहन कार्की जीवन्तलाई पनि आन्तरिक कारवाही भएको जनाइएको छ ।

सो पाटीले आन्तरीक शुद्धिकरण प्रक्रियासंगै चन्दा अभियान चलाइरहेका बेला सरकारद्धारा रोल्पाबाट सो समूहको केन्द्रीय सदस्य सहित ३ जना पक्राउ परेको समाचार सार्वजनिक भएको छ ।


त्रिवेणी गाउँपालिका–६, मुरुबाट सो पार्टीका केन्द्रीय सदस्य ४८ वर्षीय श्यामबहादुर बोहरा, सोही पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पूर्वका संयोजक हरि पुन र रुकुम पश्चिम जिल्ला सम्मेलन आयोजक समिति सहसंयोजक त्रिवेणी गाउँपालिकाका प्रेम प्रशान्त बोहरालाई पनि प्रहरीले पक्रेको समाचार सार्वजनिक भएको छ ।

वि.सं.२०७६ साउन २२ बुधवार १७:११ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...