२३ साउन, भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले बहुविवाह गर्ने दुई जोडीलाई पक्राउ गरेको छ ।
प्रहरीले अरुण गाउँपालिका वडा नम्बर ४ चरम्बीका २६ वर्षीय टंक विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय वसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । उनीहरुलाई टंककी जेठी श्रीमती अमृता विकको जाहेरी पछि झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले बहुविवह गर्ने रामप्रसाद राई गाउँपालिकाका वडा नम्बर –५ मानेभञ्जयाङ फाक्लेका ३३ वर्षीय खगेन्द्र विक र कान्छी श्रीमती २६ वर्षीय हिमा राइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जेठी श्रीमती मीना बराइली रसाइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो । बिहीबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ साउन २३ बिहीवार ०८:३३ मा प्रकाशित






























