back
CTIZAN AD

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

वि.सं.२०८२ चैत ४ बुधवार

369 

shares

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन् ।

जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा हालसम्म उल्लेखनीय प्रगति देखिएको र मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव १ प्रतिशतले खोप सेवा लिइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईंले बताउनुभयो । जिल्लाभर खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । स्थानीय तहसँगको सहकार्यमा अपेक्षित उपलब्धि हासिल भएको हो ।

जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ । विशेषगरी मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा खोपको प्रगति उल्लेखनीय देखिएको छ । मध्यविन्दुमा ४९ दशमलव आठ प्रतिशत र बौदिकालीमा ४७ प्रतिशत प्रगति भएको छ ।

जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षमा बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी यही चैत १ गतेदेखि ५ गतेसम्म खोप अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ । लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको प्रमुख चापागाईंले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापानिज इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेका छन् । जसमध्ये छ जनाको मृत्यु भइसकेको छ । यसअघि आर्थिक वर्ष २०७९÷८० मा सात जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको थियो । आव २०८०÷८१ मा आठ जनामा सङ्क्रमण देखिएकामा एक जनाको मृत्यु भएको थियो । जिल्लामा खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले लक्ष्यअनुसार उपलब्धि हासिल हुने स्वास्थ्यकर्मीले विश्वास व्यक्त गरेका छन् ।

वि.सं.२०८२ चैत ४ बुधवार ०७:५३ मा प्रकाशित

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड...