back
CTIZAN AD

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

वि.सं.२०८२ चैत १३ शुक्रवार

597 

shares

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ अफ ट्रेनर्स (ToT)’ सहितको पाँच दिने अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुरस्थित नेपाल मेडिसिटीमा सञ्चालन भएको उक्त कार्यक्रम स्वास्थ्यकर्मीहरूको आपतकालीन चिकित्सा सेवासम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

‘रिट्रिभल मेडिसिन’ गम्भीर अवस्थामा रहेका बिरामीलाई एक स्थानबाट अर्को स्थान—जस्तै दुर्घटनास्थलबाट अस्पताल वा सानो अस्पतालबाट विशेषज्ञ सेवा उपलब्ध हुने ठूला अस्पतालमा—सुरक्षित रूपमा स्थानान्तरण गर्दै जाँदा आवश्यक पर्ने उन्नत आपतकालीन सेवा प्रदान गर्ने चिकित्सा विधा हो। यस अन्तर्गत प्रि–हस्पिटल केयर, एम्बुलेन्स सेवा, हेलिकप्टर रेस्क्यु तथा ट्रान्सफरका क्रममा बिरामीको जीवन रक्षा गर्ने सीपहरू समावेश हुन्छन्।

तालिममार्फत चिकित्सक, नर्स तथा प्यारामेडिक्सलाई विशेषगरी प्रि–हस्पिटल केयर र हेलिकप्टर रेस्क्यु सम्बन्धी सीपमा दक्ष बनाइएको आयोजकले जनाएको छ। साथै, सहभागीहरूलाई भविष्यमा अन्य स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन सक्ने प्रशिक्षकका रूपमा समेत तयार पार्ने लक्ष्य राखिएको थियो।

नेपाल मेडिसिटीका इमर्जेन्सी तथा हाई अल्टिट्यूड सर्भिस चिफ डा. सञ्जय कार्कीका अनुसार तालिमका क्रममा आपतकालीन अवस्थामा बिरामीको सुरक्षित स्थानान्तरण, दबाबपूर्ण परिस्थितिमा कार्यसम्पादन तथा प्रि–हस्पिटल सेवामा आवश्यक सीपहरू प्रदान गरिएको थियो। “यस तालिमले सहभागीहरूलाई ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको अध्ययनका लागि तयार बनाएको छ,” उनले बताए। उनका अनुसार भविष्यमा सहभागीहरूलाई ग्लास्गोबाट सम्बन्धित डिग्री हासिल गर्न सक्षम बनाउने आधार समेत तयार भएको छ।

Royal College of Surgeons of Edinburgh ले ‘डिप्लोमा इन रिट्रिभल एण्ड ट्रान्सफर मेडिसिन’ प्रदान गर्दै आएको उल्लेख गर्दै डा. कार्कीले यस तालिमले नेपाली स्वास्थ्यकर्मीलाई उक्त अन्तर्राष्ट्रिय परीक्षामा सहभागी हुन सहज बनाउने बताए।

तालिममा मोक टेस्टमार्फत अन्तर्राष्ट्रिय परीक्षाको ढाँचा, मूल्याङ्कन प्रक्रिया तथा व्यावहारिक परीक्षणबारे जानकारी गराइएको थियो, जसले सहभागीहरूलाई आगामी परीक्षाका लागि तयारी गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा करिब ९० प्रतिशत सहभागी चिकित्सक रहेका थिए भने बाँकी नर्स तथा प्यारामेडिक्स थिए। ग्रान्डी, ह्याम्स, नेपाल मेडिसिटी र नारायणी बयोधा अस्पतालका चिकित्सकहरूका साथै पोखरा, लुम्बिनी र वीरगञ्जबाट पनि स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

नेपाल मेडिसिटीले यस्ता तालिममार्फत नेपालमा प्रि–हस्पिटल आपतकालीन सेवाको स्तर उकास्न तथा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ।

वि.सं.२०८२ चैत १३ शुक्रवार १७:३३ मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...