back
CTIZAN AD

पसलमा आगलागी, डेढ करोड क्षति

वि.सं.२०७६ साउन २३ बिहीवार

1K 

shares

२३ साउन, राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको थियो ।

आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर नष्ट भएकाले रु डेढ करोडको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । विद्युत् चुहिएर आगलागी भएको आशङ्का गरिएको छ । उपमहानगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए । पछिल्लोपटक नेपालगञ्जमा विद्युत् चुहिएर पसलमा आगजनीका घटना बढेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले वैशाखयता मात्रै चार पसलमा आगलागी भई करोडौँको क्षति भएको बताए । उनले आगलागी पीडित व्यवसायीलाई राहत र क्षतिपूर्तिको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउँदै सहयोगका लागि उद्योगी, व्यवसायीलाई आग्रहसमेत गरे ।
रासस

वि.सं.२०७६ साउन २३ बिहीवार ०८:३८ मा प्रकाशित

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

लमजुङमा कांग्रेसको अग्रता

लमजुङमा कांग्रेसको अग्रता

लमजुङ । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले...

बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...