back
CTIZAN AD

प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

वि.सं.२०७६ साउन २३ बिहीवार

1.2K 

shares

२३ साउन, जाजरकोट । जाजरकोट जिल्ला प्रशासन कार्यालयमा बिहीबारदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ ।

दैनिक दर्जनौँ सेवाग्राही आउने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकारी बनाउनका लागि स्तनपान कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

दैनिक प्रशासन कार्यालयमा नागरिकता, राहदानी र विभिन्न सिफारिस लिन आउने जनसाधारणको भीड लाग्ने तर स्तनपान कक्ष नहुँदा समस्या हुँदै आएको गुनासो बढेपछि प्रशासनले सो माग सम्बोधन गरेको हो ।

जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने प्रशासनमा यो कार्यले थप प्रशासन र जनसाधारणबीच सम्बन्ध सुमधुर हुने उनले विश्वास व्यक्त गरे।

यसअघि प्रशासनमा सेवा लिन आउने सेवाग्राही आमालाई बच्चा च्यापेर खुला स्थानमा स्तनपान गराउनुपर्ने बाध्यता थियो ।

आठ जना आमाले स्तनपान कक्षमा गएर सुविधाजनक तरिकाले स्तनपान गराएका छन् । यो सिको अन्य कार्यालयले पनि गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए । रासस

वि.सं.२०७६ साउन २३ बिहीवार १२:४० मा प्रकाशित

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

निर्वाचन प्रहरीको मृत्यु

निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा (दार्चुला) । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

रुकुम पूर्वमा संयोजक दाहाल अगाडि

रुकुम पूर्वमा संयोजक दाहाल अगाडि

रुकुम पूर्व । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँको एकमात्र...