back
CTIZAN AD

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

वि.सं.२०८२ फागुन २५ सोमवार

372 

shares

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनकोे धरौटी जफत भएको छ । त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल (११२ मत), नेमकिपाका विर्षबहादुर रावत (४०० मत), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बिर्ख शाही (७१ मत) र नेपाल जनता पार्टीका रनील विक्रम शाही (४३ मत) लगायतका दलीय उम्मेदवारहरूले जमानत जोगाउन सकेनन् । स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलको समेत जमानत जफत भएको छ ।

उम्मेदवारहरूले कानुनबमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन् । खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले बताए ।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका छन् । दोस्रोमा नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (एमाले)का शान्तिलाल महतले ४ हजार ५१८ मत, नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जम्मा खसेको कुल मतमध्ये १ हजार ७२४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेकोे छ । समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको थियो । जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

कर्णालीमा कांग्रेस पहिलो दल

कर्णाली प्रदेशका १० वटा जिल्लाका १२ वटा निर्वाचन क्षेत्रको अन्तिम मत परिमाण सार्वजनिक हुँदा पाँच निर्वाचन क्षेत्रमा विजयी हुँदै कर्णालीमा कांग्रेस पहिलो दल बनेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिमाणअनुसार कांग्रेसबाट जाजरकोटमा खड्कबहादुर बुढा, हुम्लामा जयपति रोकाया, दैलेख–१ मा वासना थापा, मुगुमा खड्क शाही र सुर्खेत–१ बाट बिष्णुबहादुर खड्का निर्वाचित भएका छन् ।

नेकपाबाट रुकुम पश्चिमा गोपाल शर्मा, सल्यानमा रमेशकुमार मल्ल, डोल्पामा धनबहादुर बुढा र कालिकोटमा महेन्द्रबहादुर शाही विजयी भएका छन् । यसैगरी राप्रपाबाट जुम्लामा ज्ञानबहादुर शाही, एमालेबाट दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल र रास्वपाबाट सुर्खेत–२ मा रमेशकुमार सापकोटा निर्वाचित भएको निर्वाचन आयोगको केन्द्रिय कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । कर्णालीमा नेकपाले ४ तथा रास्वपा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एक–एक निर्वाचन क्षेत्रमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

वि.सं.२०८२ फागुन २५ सोमवार ११:३१ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...