back
CTIZAN AD

साहित्यकार विरहीको उपचार खर्च रु एक लाख २५ हजार सङ्कलन

वि.सं.२०७६ साउन २३ बिहीवार

798 

shares


२३ साउन, चितवन । अग्रज पत्रकार एवं साहित्यकार रेशम विरहीको उपचारमा सहयोग गर्न बाँकेमा आर्थिक सङ्कलन अभियान शुरु भएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले शुरू गरेको अभियानमा रु एक लाख २५ हजार सङ्कलन भएको अध्यक्ष ठाकुरसिंह थारूले बताए ।

पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील विरही हाल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ । हाल भरतपुर महानगरपालिका–१६ चितवनमा बसोबास गर्दै आउनुभएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेले साहित्यकार विरहीको उपचार सङ्कलन अभियान शुरु गरेको भोलिपल्टै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले एक महीनाको आफ्नो तलबभत्ता रु ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए ।

एक दुईदिनभित्रै नगरप्रमुख राणाले रकम प्रदान गर्ने महासङ्घ अध्यक्ष थारूले बताए। उनका अनुसार, महासङ्घका साधारण सदस्य र नेपालगञ्जका उद्योगी व्यापारीले पनि विरहीको उपचारमा स्वस्फूर्त सहयोग प्रदान गरिरहेका छन् । चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसक्नुभएका विरहीका नौ वटा कृति प्रकाशित भइसकेका छन् । (रासस)

वि.सं.२०७६ साउन २३ बिहीवार १६:२३ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...