back
CTIZAN AD

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

वि.सं.२०८२ फागुन २६ मंगलवार

636 

shares

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्क बिना बीमा सुविधा सुरु गरेको घोषणा गरेको छ। यो पहलले सुरक्षित शहरी यातायातप्रति कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालित रूपमा समावेश गरिएको छ ।

प्रति राइड अधिकतम रु १०,००,००० सम्मको बीमा कभरेज युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडद्वारा प्रदान गरिएको छ, जसमा खल्ती सुरक्षा (प्जबतिष् क्गचबपकजब) ले सहयोग गरेको छ।

चालकका लागि राइड स्वीकार गरेदेखि नै बीमा लागू हुन्छ भने यात्रुका लागि पिकअपदेखि ड्रप पूरा नभएसम्म कभरेज रहनेछ। साथै, यो सुविधा डेलिभरी अर्डर पूरा गरिरहेका कुरियर पार्टनरहरूमा पनि लागू हुनेछ। दुर्घटना भएमा ३० दिनभित्र आवश्यक कागजातहरू (जस्तैः मेडिकल रिपोर्ट, बिल, र सडक दुर्घटनाको हकमा प्रहरी प्रतिवेदन) सहित युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा दाबी पेश गर्न सकिन्छ। सबै कागजात प्रमाणित भएपछि करिब १५ कार्यदिनभित्र भुक्तानी गरिनेछ।

याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भन्नुभयो, “हाम्रा पार्टनर चालक, कुरीयर र यात्रुहरूको सुरक्षा तथा हित हाम्रो प्रमुख प्राथमिकता हो। निःशुल्क इन–राइड बीमा सुरु गरेर हामी सबैलाई अझ सुरक्षित र ढुक्क भएर यात्रा गर्न सहयोग पुर्याइरहेका छौं।”

यो सुविधा याङ्गोका प्रयोगकर्ता, पार्टनर चालक, कुरीयरलाई कुनै अतिरिक्त शुल्क नलिई प्रदान गरिएको हो, जसले सबैलाई आर्थिक भार बिना अतिरिक्त सुरक्षा उपलब्ध गराउँछ।

नेपालमा तीव्र रूपमा बढिरहेको राइड–हेलिङ बजारमा सुरक्षा र विश्वसनीयता महत्वपूर्ण बन्दै गइरहेको अवस्थामा, यस बीमा कार्यक्रमले याङ्गो राइडलाई नेपालको यातायात क्षेत्रमा विश्वसनीय सेवाप्रदायकको रूपमा अझ सुदृढ बनाएको छ।

 

 

वि.सं.२०८२ फागुन २६ मंगलवार १७:५८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...