back
CTIZAN AD

काठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ दोस्रो आउटलेट, ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १०% विशेष छुट समाचार:

वि.सं.२०८२ फागुन २६ मंगलवार

603 

shares

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले काठमाडौं उपत्यकाभित्रको आफ्नो दोस्रो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ कपनमा सञ्चालनमा ल्याएको छ। कम्पनीले आज (कपन, रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको छ।

यस अघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटले अपार सफलता प्राप्त गरेको थियो। ग्राहकहरूको बढ्दो माग र लोकप्रियतालाई मध्यनजर गर्दै कपनमा दोस्रो शाखा विस्तार गरिएको हो। उद्घाटनको अवसरमा कम्पनीले नयाँ शाखामा उपलब्ध सम्पूर्ण उत्पादनमा १० प्रतिशत विशेष छुटको व्यवस्था पनि गरेको छ।

नयाँ आउटलेटको भव्य उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर श्री जी.पी. शाह र डाइरेक्टर श्री प्रकाश पौडेलले संयुक्त रुपमा रिबन काटेर गर्नुभएको थियो। उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधिहरु, ग्राहक तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कपनको यस ‘करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यशोदा फुड्सका सम्पूर्ण उत्पादनहरू एउटै स्थानमा प्राप्त गर्न सक्नेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध हुनेछन्। साथै चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसला जस्तै जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी पाउडर आदि पनि यहाँ उपलब्ध छन्।

उद्घाटन समारोहमा बोल्दै ग्लोबल एक्जुकेटिभ डाइरेक्टर श्री जी.पी. शाहले भने, “बानेश्वर शाखामा उपभोक्ताहरूले देखाउनुभएको माया र विश्वासले हामीलाई काठमाडौंका अन्य स्थानहरूमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको हो। कपन र आसपासका उपभोक्ताहरूले अब आफ्नै टोलबाट ताजा र गुणस्तरीय उत्पादन सजिलै खरिद गर्न सक्नेछन्। आजको १०% छुटको अफरबाट सबै ग्राहकहरूले भरपुर फाइदा लिन सक्नेछन्।”

सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो। छोटो समयमै गुणस्तरीय उत्पादन र नवीनताप्रति प्रतिबद्धताका कारण नेपाली उपभोक्ताको मन जित्न सफल भएको यस कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका चाउचाउ उत्पादन गर्दै आएको छ। विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय यी उत्पादनहरू नेपालभर र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात हुँदै आएका छन्।

यस नयाँ आउटलेटले काठमाडौंका उपभोक्तालाई गुणस्तरीय, ताजा र व्यापक उत्पादनको सहज पहुँच प्रदान गर्दै नेपाली खाद्य बजारमा ‘करेन्ट मार्ट’ को उपस्थितिलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

 

वि.सं.२०८२ फागुन २६ मंगलवार १७:५३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...